बारामा कर्फ्यू, देशभर लकडाउन कडा

संक्रमितको संख्या उल्लेख्य बढेपछि देशभर लकडाउनमा कडाइ गरिएको छ । बारा जिल्लामा कोरोना रोकथामका लागि अहिले बेलुका ८ बजेदेखि कर्फ्यू जारी भएको छ ।

मंगलबार बारामा १ जना र छिमेकी जिल्ला पर्सामा ३९ जनामा कोरोना संक्रमण देखिएपछि बाराले कर्फ्यू जारी गरेको हो। पर्सामा पनि कर्फ्यू लगाउनेबारे छलफल भइरहको छ।

आजै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ । मंगलबारै ५७ जनामा संक्रमण देखिए पनि यस्तो निर्णय भएको हो ।

अब सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिलाई हिडडुलका लागि सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ ।