नेपालमा स्टाफ नर्सलाई पनि देखियो कोरोना

कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना संक्रमण देखिएको छ।

मंगलबार संक्रमण देखिएका ८ जनामध्ये एक २५ वर्षीया स्टाफ नर्स रहेको बताइएको छ । उनी कार्यरत अस्पतालका अन्य कर्मचारीको पनि स्वाब परीक्षण गर्ने तयारी भएको छ ।

कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाबासी हुन्।