स्वास्थ्य

स्याङ्जाका देवबहादुरको भारतीय क्‍वारेन्टाइनमा मृत्यु

भारतमा रोजगारी गरी घर फर्कने क्रममा १ जना नेपालीको भारतमा शनिबार मृत्यु भएको छ । भारतीय क्‍वारेन्टाइनमा रहेका स्याङ्जाको हरिनाथ गाउँपालिका २ चिसापानीका ३५ वर्षीय देवबहादुर थापाको मृत्यु भएको हो । लकडाउनका कारण नेपाल आउन नपाएका थापाको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा निधन भएको हो । उनलाई घर आउने क्रममा सुनौली नाकाको सिमानाबाट केही दिनअघि फर्काएर भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो ।… पुरा पढौ

महासंकट मुकाबिला गरौं, अवसरहरु उपयोग गरौं

चीनको बुहान सहरबाट शुरू भई बिश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले २८ फागुनमा ‘प्याण्डेमिक’ अर्थात् विश्वव्यापी महामारी घोषणा गरेको थियो । उक्त भाईरसले आज बिस्वभरी २ लाखभन्दा बढी मान्छेको ज्यान लिईसकेको छ। आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश भएका छन् । शक्तिशाली भनिएका देशहरुलाई पनि घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकाइदिएको छ ।… पुरा पढौ

उमेर अनुसारको जोखिम र सप्लिमेन्ट

नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ | भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ | यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ | यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ | यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ |कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क… पुरा पढौ

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा ५१६ संक्रमित

नेपालमा थप ९ जना जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका मकवानपुर र भक्तपुरका एक एक जना महिला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएका सप्तरीका एक पुरुष तथा हेटौडा प्रयोगशालामा परिक्षण गरिएका बाराका ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१६ पुगेको छ । जसमा पुरुषको संख्या ४४०… पुरा पढौ

हर्ड इम्युनिटी उपयुक्त मोडेल हो कि हैन ?

यदि अधिकांश जनसंख्या कुनै संक्रमणबाट इम्युन ( रोगसंग लड्ने एन्टिबोडी बिकास ) भयो भने बाँकी जनसंख्याले त्यो रोगसँग लड्ने जुन क्षमता प्राप्त गर्छन, त्यसलाई हर्ड इम्युनिटी भनिन्छ | उदाहरणको लागि यदि कुनै ठाउँमा ७० % लाई कोरोना संक्रमण भयो भने बाँकी ३०% ले स्वत: कोरोना संक्रमणको इम्युन प्राप्त गर्छन् | अर्थात् १४ जना संक्रमित भए भने ५ जनालाई स्वत: संक्रमणबिरुद्ध लड्ने क्षमता विकास हुन्छ भन्ने अबधारणा नै हर्ड इम्युनिटी हो… पुरा पढौ

बैंक स्टाफ तथा ग्राहकलाई यसरी सुरक्षित बनाऔं

हिंजो म काम बिशेषले बैंक गएको थिएँ | हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो | च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी थिएन |कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए, कुनै स्टाफले नाकको तल तथा घांटीमा मास्क लगाएका थिए | ग्राहकसंग कुरा गर्दा आधा फिटको दुरी पनि देखिएन | ग्राहक तथा स्टाफले प्रयोग… पुरा पढौ

थप ३० जनालाई संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको शुक्रबार बिहानको सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पछिल्लो संक्रमण पुष्टि भएको हो। पुरा पढौ

कोरोना कहर : तेस्रो मृत्युले सिकाएको पाठ

गुल्मी, पुर्कोटदह अर्थात मदाने गाउँपालिकाका ४१ बर्षिय शिक्षक | केहि दिनअघिं उहाँलाई ज्वरो आएकोले स्थानीय औषधि पसलबाट ज्वरोको औषधि खानुभयो | त्यसले निको नभएपछि मदाने पोलोक्लिनिकमा जांच गराएर २ दिन टाइफाइड ज्वरोको औषधि खानुभयो | २ दिनपछि बान्ता भएकोले फलोअपको लागि सोहि पोलोक्लिनिकमा जानुभयो | जन्डिस भएको, किड्नी खराब भएको भनेर उहाँलाई अर्घाखाँची रिफर गरियो | अर्घाखाँचीको छायाँ पोलिक्लिनिकले उहाँलाई टाइफाइड बिग्रेको, किड्नीको समस्या भएको भनेर क्रिम्सन अस्पताल रिफर गर्यो… पुरा पढौ

कोरोना संक्रमणको साइकोडेमिकबाट कसरी बच्ने ?

कोरोना संक्रमण इपिडेमिक, इन्डेमिक, पेन्डेमिक, इन्फोडेमिक हुँदै अहिले साइकोडेमिक भएको छ | कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मनोसामाजिक असरहरु देखा परेका छन् | कोरोना संक्रमण अल्पकालीन हुन्छ भने मनोसामाजिक असर दीर्घकालीन हुनसक्छ | तसर्थ हामीले आहारविहार, आचार, व्यवहार र सोंचमा समयानुकुल बदल्नु जरुरी छ | आफ्नो जीवनमा यी मन्त्र लागु गर्नुभयो भने तपाइँ स्वस्थ र मस्त हुनुहुनेछ | - आफुलाई शंका नगर्नुहोस् | शंका तथा तनावले टाउको दुख्ने, ज्वरो आएजस्तो… पुरा पढौ

गुल्मीका कोरोना संक्रमितको मृत्यु, देशभर ४४४ संक्रमित

रुपन्देहीको मणिग्राममा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमित पुरुषको बिहीबार विहान मृत्यु भएको हो । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले उनको बिहान ७ बजे मृत्यु भएको पुष्टि गरेका छन् । मृतक गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं