जेठ १० गते २०७७

ताजा समाचार

जेठ १० गते २०७७

स्याङ्जाका देवबहादुरको भारतीय क्‍वारेन्टाइनमा मृत्यु



भारतमा रोजगारी गरी घर फर्कने क्रममा १ जना नेपालीको भारतमा शनिबार मृत्यु भएको छ ।

भारतीय क्‍वारेन्टाइनमा रहेका स्याङ्जाको हरिनाथ गाउँपालिका २ चिसापानीका ३५ वर्षीय देवबहादुर थापाको मृत्यु भएको हो ।

लकडाउनका कारण नेपाल आउन नपाएका थापाको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा निधन भएको हो । उनलाई घर आउने क्रममा सुनौली नाकाको सिमानाबाट केही दिनअघि फर्काएर भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो ।

उनी मृगौलाको बिरामी भएको र पछिल्लो पटक उनमा हर्निया पनि भएको जनाइएको छ ।