भारतबाट फर्किंदै गर्दा बाटैमा मृत्यु, कोरोनाको सन्त्रास


भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटैमा मृत्यु भएको छ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको आउँदाआउँदै बाटैमा ज्यान गएको हो।

अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। उनीसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा पिएका थिए। भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन्।

उनको मृत्युको सबै कारण खुल्न सकेको छैन। गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनको शव परिवारको जिम्मा लगाइएको छ। रासस


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं