जेठ १० गते २०७७

ताजा समाचार

जेठ १० गते २०७७

महासंकट मुकाबिला गरौं, अवसरहरु उपयोग गरौं



चीनको बुहान सहरबाट शुरू भई बिश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले २८ फागुनमा ‘प्याण्डेमिक’ अर्थात् विश्वव्यापी महामारी घोषणा गरेको थियो । उक्त भाईरसले आज बिस्वभरी २ लाखभन्दा बढी मान्छेको ज्यान लिईसकेको छ। आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश भएका छन् । शक्तिशाली भनिएका देशहरुलाई पनि घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकाइदिएको छ । विश्वका सात अरब मानिस घरभित्रै थुनिएका छन् ।

विगत 2 महिनादेखि नेपालीको जनजीवन कोरोनाका कारणले परिवर्तन भएको छ। यो महामारीसँग लडाइँ गर्नका लागि सरकारले मानिसलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ। यो बन्दाबन्दीबाट पुँजीबादी अर्थब्यवस्था संकटमा मात्र परेको छैन, बिश्वभरका मजदुर श्रमिक र गरिबको पेटमा समेत बन्दाबन्दी हुने अवस्थामा पुगेको छ । कोरोनाका कारण विश्वका मानिस त्रासमा छन्, चिन्तामा छन्, तर पनि कोरोनाले जनमानिसमा केही पाठ पनि सिकाएको छ।

यो बन्दाबन्दीबाट पुँजीबादी अर्थब्यवस्था संकटमा मात्र परेको छैन, बिश्वभरका मजदुर श्रमिक र गरिबको पेटमा समेत बन्दाबन्दी हुने अवस्थामा पुगेको छ ।

सबैभन्दा पहिलो नम्बरमा भन्नु पर्दा, रोग होस् या नहोस, साबुन पानीले हात धुनपर्छ भन्ने जनमानिसमा ज्ञान् पलाएको छ। हातबाट नै अनेक रोग सर्ने रैछ, त्यसैले केही काम गरेर सकेपछि होस या बजार डुलेर आएपछि नै किन नहोस सबैभन्दा पहिला हात खुट्टा धुनुपर्ने रैछ भन्ने कुरा बुझ्ने भयका छन् मानिसहरु। दोस्रो नम्बरमा भन्नु पर्दा पैसा, पेशा, अनि काम भन्दा पनि आफ्नो ज्यान महत्त्व रहेको कुरा पनि मानिसले बुझेका छन्। बिरामी हुँदा पनि तलब काटिने त्रासले कति कामदार ज्यानको माया मारेर काममा उपस्थित हुनुपर्ने बाध्यता अब बिस्तारै हट्नेछ। मानिसहरु अब आफ्नो ज्यान अनि स्वास्थको बढी ख्याल राख्नु पर्ने रैछ भन्ने कुरातिर लाग्ने छन्।

देशले पनि अब देशभित्रका शिक्षित र सीपयुक्त निस्कृय युवा जनशक्तिको प्रयोग गरी अर्थतन्त्र उकास्नतिर केही पहल गर्नु देखिन्छ। नेपाल एक कृषिप्रधान देश भएको हुनाले कृषिमा विकास नगरेसम्म देशको अर्थतन्त्र उकास्न मुस्किल हुनेछ। त्यसैले कृषि छेत्रमा उल्लेखनिय बजेट अनि श्रमको ब्यवस्थापन गर्नेपर्छ भन्ने देखिन्छ।

रोग लाग्नुभन्दा पहिले नै सतर्कता अपनाउनुबाहेक अन्य विकल्प नरहेको कुरा पनि जनमानिसले बुझ्ने भयका छन्। सानोतिना रोग बिमार हुदा वास्ता नगर्ने मानिसहरु पनि अब कोरोनाको कारणले डरायका छन् । बिनाकारण बाटोमा लखरलखर हिड्ने बानी पनि बिस्तारै हटाउन पर्ने रैछ भन्ने कुराको ज्ञान् पनि बिकास हुनेछ। काम नपरी कोहि पनी मानिस बाटोमा हिड्न हुने रहेछ साथै बाहिर निस्कदा मास्कको प्रगोग सँगै किटाणुबाट मुक्त हुनको लागि सेनिटाईजरको प्रयोगतिर लाग्ने बानी पर्नेछ। यसले गर्दा बिरामी हुनेको संख्यामा गिरावट आउनेछ। यससँग भिडभाडमा पनि मान्छेहरुको उपस्थित कमी हुनेछ यसले गर्दा मानिसले एकान्तमा रमाउन सिक्नेछ।

अर्थतन्त्र खुलेपछि धेरै ठाउँमा पहिले जस्तो हुने छैन । हाम्रा धेरै बानी परिर्वतन भइसकेका छन् । हाम्रो खल्तीको आयतनमा पनि केही परिर्वतन आउन सक्छ र हाम्रा वस्तु उपयोगमा पनि परिबर्तन हुने देखिन्छ। त्यसैले मानिसको माग अनुसार ब्यवसाय सुचारु गर्दा केही फाईदाजनक हुने पनि देखिन्छ। कामको शिलशिलामा आफ्नो परिवारबाट टाढा हुनु परेकाहरुलाई परिवारको महत्व अनि माया चिन्ने मौका पनि मिलेको छ। हजारौ संख्यामा युवा, युवती आफ्नो जन्मघर छोडेर काम खोज्दै अन्य शहरमा जानुपर्दा आफ्नो परिवारसँगको भेट फितलो भयसँगै दुरि टाढिएको हुन्छ।

कोरोनाका कारणले लकडाउनमा भएको बेलामा आफ्नो परिवारसँग बस्दा परिवार भनेको के रैछ भन्ने कुरा पनि बुझ्ने मौका अनि समय प्राप्त गरेका छन्। यसले गर्दा परिवारलाई दिईने समयको कारणले हुने झगडा पनि न्यूनीकरण हुनेमा मद्दत पुर्याउने देखिन्छ। त्यसैगरी, सामाजिक दुरी कायमसँगै प्रबिधिको पनि बिकास गर्नुपर्ने र रास्ट्रले यस किसिमका परियोजनालाई प्राथमिक दिनुपर्ने पाठ पनि कोरोनाबाट पाउन सकिन्छ। देशको बिकास भनेकोन्नै प्रबिधिको बिकासले हुने भएकाले हरेक जनतालाई ईन्टरनेटको पहुँचबाट बन्चित गराउन नहुने कुरा पनि सिक्न सकिन्छ।

डिजिटल प्रविधिको प्रयोग गरेर सेवा लिनेको माग बढ्दै जाँदा सेवा प्रदायकको क्षमता बढाउनुको विकल्प हुँदैन र लकडाउनले यो क्षेत्रमा आवश्यक सुधार गर्ने अवसर हामी सबैलाई दिएको छ।

ईन्टरनेटको माध्यमबाट हजारौं मानिस अहिले आफुलाई निखारेका छन् । साथै कलेज तथा अन्य शैक्षिक कार्यलयले पनि ईन्टरनेटको साहयताले अनलाईन कक्षाहरु सन्चालनमा ल्याएका छन् । यसले गर्दा अबका दिनमा डिजिटल प्रणालीको बिकासमा ध्यान पुर्याउन पर्ने देखिन्छ। डिजिटल प्रविधिको प्रयोग गरेर सेवा लिनेको माग बढ्दै जाँदा सेवा प्रदायकको क्षमता बढाउनुको विकल्प हुँदैन र लकडाउनले यो क्षेत्रमा आवश्यक सुधार गर्ने अवसर हामी सबैलाई दिएको छ।

देशमा भएको दक्ष जनशक्ति प्रयोग गरी देशभित्रै औषधिहरु उत्पादनमा जोड दिनपर्ने कुरा पनि हामीले कोरोनाबाट सिक्नुपर्छ । देशको ढुकुटीको लाखौं, करोडौं पैसा खर्च गरेर मेडिकल सामग्रीहरु अन्य मुलुकबाट आयत गर्नु भन्दा पनि आफ्नै देशमा नै उत्पादन गर्नाले देश र जनताको लागि फाईदा हुने देखिन्छ। यसो गर्नाले येता जनशक्ति पनि बेरोजगार हुनबाट बच्ने छ भने रास्ट्र पनि आत्मनिर्भर हुनेछ । कुनै पनि देशसँग घुडा टेक्नुपर्ने स्थिति आउँदैन ।

यसैगरी स्वास्थ्य क्षेत्रत्रमा काम गर्ने कामदारलाई उत्साहित गर्नका लागि ज्यानको सुरक्षाको अनुभूति दिलाउनु पर्ने कुरा पनि हामीले कोरोनाबाट प्राप्त गर्न सकिन्छ। अहिलेको अवस्थामा हेर्ने हो भने सबैभन्दा बढी खतरामा देखिएको भनेको स्वास्थकर्मिहरु हुन्। उनीहरु बिना कुनै पनि स्वास्थ छेत्र चल्ने अवस्थामा छैन, त्यसैले त्यस्ता व्यक्तिको ज्यानको सुरक्षामा ध्यान पुर्याउनु पर्ने हुन्छ।

मानिसमा प्रकृति मोह बढेको छ । आफ्नो दैनिक कामकाज, अफिसको जिम्मेवार साथै अन्य कुराबाट वाक्क भएका मानिसले अब प्रकृतिको सुन्दरतामा रमाउन पनि सिकेका छन्। हरियाली प्रकृतिको सुन्दरतासँगै चराचुरुङ्गीको चिरबिर आवाजमा आफुहरुलाई हराउन सक्ने भएका छन्। येति बेला मानिसको जीवनमा काम मात्र नभई रमाईलो, साथीभाई, परिवारको महत्त्व पनि बुझ्न पाएका छन् ।

कोरोना संक्रमणले विश्वमा पारेको असर, यसबाट हामीले सिक्नुपर्ने कुरा र हाम्रै देशमा आउँदै गरेको यो संक्रमणबाट बच्न भौतिक र मानसिक रूपमा सबै पक्ष तयार रहने कुरा त छँदै छ, त्योसँगै यो महामारीले हामीलाई के अवसर दिँदै छ, त्यसको पहिचान गर्न र उपयोग गर्न अब ढिलो गर्नु हुँदैन ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।