Featured News

कास्कीमा बाढीपहिरो: ११ को मृत्यु, ४ घाइते

बिहीबार राति कास्कीका विभिन्न ठाउँमा आएको पहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरुमा वर्ष ४७ का कुलबहादुर परियार, उनकी ४३ वर्षीय श्रीमती मनकुमारी, आमा ८५ वर्षकी लक्षिमा, छोरीहरू १५ वर्षकी प्रसना, २० वर्षकी प्रभा र वर्ष २५ का ज्वाइँ अस्मित परियार रहेका छन्… पुरा पढौ

सोमबारसम्म निरन्तर वर्षा, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

जल तथा मौसम विज्ञान विभागले शुक्रबार शुरू भएको मौसम बदली सोमबारसम्म रहने पूर्वानुमान गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत्‌ रहने जनाएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा… पुरा पढौ

पोखरामा चितुवाको आक्रमणमा प्रहरी घाइते

पोखरा महानगरमा शनिबार साँझ चितुवा धपाउने क्रममा एक प्रहरी घाइते भएका छन् । चितुवा धपाउने क्रममा त्यसले कम्मरमा चिथोर्दा ३२ वर्षीय प्रहरी जवान नारायणप्रसाद तिवारी घाइते बनेका हुन् । शनिबार साँझ साढे पाँच बजेतिर पोखरा–१७, छोरेपाटनका बासिन्दा श्याम बास्तोलाको बारीमा चितुवा आएको खबर पाएपछि प्रहरी चौकी छोरेपाटनबाट टोली खटिएको थियो । सोही टोलीमा रहेका तिवारीको उपचार हुँदै गरेको र अवस्था खतरामुक्त रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र… पुरा पढौ

मणिपाल काण्डः पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए । “यसबारे हामीकहाँ उजूरी पनि परेको छ र मिडियामा पनि आएको कुरा हो,” उनले भने । मणिपाललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिइएको थियो ।… पुरा पढौ

राष्ट्रिय (अ)सहमतिको सरकार र भावी दिनहरु

देशमा प्रमुख दुई दल एक ठाउँमा आएका छन् । नेपाली कांग्रेस र एमाललेलाई अहिले एक ठाउँमा ल्याउने सूत्र भने एजेन्डा नभएर सत्ता हो । राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधान संशोधन गर्ने दुई दलको सहमति छ । सोमबार मध्यराति सरकारको रुपरेखासहित दुई दलबिच मुख्य भागबन्डा टुंगिएको देखिन्छ । प्रमुख दुई दल एक ठाउँमा आएपछि अब राजनीतिक अस्थिरता टुंगिने दाबी गरिए पनि सहमति जत्तिकै उनीहरुको सहयात्रा हुने देखिँदैन । राष्ट्रिय सहमतिको… पुरा पढौ

कांग्रेस एमाले एक ठाउँमा, चाँडै नयाँ सरकार बनाउने कसरत

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ । ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिम रुप दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले हस्ताक्षर गरेका हुन् । दोस्रो तहका नेताले सहमतिलाई अन्तिम रुप दिइसकेपछि ओली बालकोटबाट शीतल निवास पुगेका थिए । बिरामी रहेका भनिएका कांग्रेस सभापति देउवा पनि मध्यराति शीतल… पुरा पढौ

आवधिक र गुरुयोजना बनाउँदै माछापुच्छ«े

कास्कीको माछापुच्छ«े गाउँपालिकाले स्थानीय तह स्थापनाको सात वर्षपछि गुरुयोजना र आवधिक योजना बनाउने भएको छ । पालिकाको व्यवस्थित र योजनावद्ध विकासका लागि आवधिक योजना र गाउँ गुरुयोजना आगामी आर्थिक वर्ष बनाइने भएको हो । यसका लागि ०८१÷०८२ को बजेटा १८ लाख बजेट विनियोजन भएको छ । सोमबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षको बजेटको अनुमान पेश गर्नुभयो । आगामी वर्षका लागि अनुमानित कुल बजेट ६५ करोड… पुरा पढौ

फोहोरभित्र पनि फोहोरी खेल !

मणिपाल शिक्षण अस्पताललाई २० करोड कर छुट दिने निर्णय बदर गरेको पोखरा महानगर धेरै ठाउँमा चुकेको छ । त्यस्तै एक ठाउँ होः फोहोर व्यवस्थापन । फोहोरभित्रको बेथिति यहाँसम्म छ कि लामो समयदेखि टेन्डर नै नगरी छ कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिइएको छ । बिना प्रतिस्पर्धा ६ वटा कम्पनीलाई पाँच सय प्रतिशतसम्म घटेर फोहोर व्यवस्थापनको जिम्मा दिएको पोखरा महानगरले ६ करोड ६५ लाख घाटा व्यहोरेको महालेखको प्रतिवेदनले औंल्याएको छ । अहिले… पुरा पढौ

सन् २०२५ पोखरा भ्रमण वर्ष

पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ.व २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा… पुरा पढौ

राजस्व उठाउन वेवास्ता, मनपरी बाँडियो ३८ लाख

कास्कीको रुपमा गाउँपालिकले आन्तरिक आम्दानी निकै थोरै भए पनि राजस्व उठाएन ध्यान दिएको छैन । उल्टै आर्थिक वर्ष ०७९÷०८० मा गाउँपालिकाले विभिन्न व्यक्ति, संघ, संस्थालाई ३८ लाख १६ हजार नौ सय ५२ आर्थिक सहयोग गरेको छ। एक करोड १९ लाख आन्तरिक आम्दानी गरेको पालिकाका पदाधिकारीको सुविधा, भत्तामै ७८ लाख ८० हजार खर्च भएको देखिन्छ । पालिकाको आन्तरिक आम्दानी कुल खर्च ३९ करोड २३ लाख खर्चको तीन दशमलव शून्य चार प्रतिशतमात्र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं