पोखरा महानगरमा शनिबार साँझ चितुवा धपाउने क्रममा एक प्रहरी घाइते भएका छन् ।
चितुवा धपाउने क्रममा त्यसले कम्मरमा चिथोर्दा ३२ वर्षीय प्रहरी जवान नारायणप्रसाद तिवारी घाइते बनेका हुन् । शनिबार साँझ साढे पाँच बजेतिर पोखरा–१७, छोरेपाटनका बासिन्दा श्याम बास्तोलाको बारीमा चितुवा आएको खबर पाएपछि प्रहरी चौकी छोरेपाटनबाट टोली खटिएको थियो ।
सोही टोलीमा रहेका तिवारीको उपचार हुँदै गरेको र अवस्था खतरामुक्त रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले बताए । बास्तोलाको घर स्याङ्जाको आँधीखोला गाउँपालिकामा पर्छ ।




