Featured News

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षकोलागि सरकारले कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।  सरकारले चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ पूँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड छुट्याएको छ। वजेटको पूर्णपाठ  आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदैपुनरूत्थानगर्न सकिन्छ भन्‍ने दृढविश्‍वासकासाथ म आर्थिक वर्ष २०७८/0७९… पुरा पढौ

पत्रकारलाई सरकारी अस्पतालमा सित्तैमा उपचार

सरकारले पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भएको छ । यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताए । नेपाल पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क उपचार गरिने उनले बताए । जागिर खोसिएका पत्रकारलाई लेखनवृत्तिसमेत उपलब्ध गराउने सरकारीको तयारी छ। यसपालि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड… पुरा पढौ

चुनाव हुँदैन भन्ने भ्रममा नपरौं

सम्माननीय राष्ट्रपतिज्यू,सम्माननीय उपराष्ट्रपतिज्यू,सम्माननीय प्रधानन्यायाधीशज्यू,सम्माननीय सभामुखज्यू,सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,माननीय मन्त्रीगण, राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू,संवैधानिक आयोगका प्रमुखज्यूहरू,विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरू,राष्ट्रसेवक कर्मचारीहरू,विशिष्ट अतिथिहरू,र, सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू । आज हामी गणतन्त्र दिवस मनाउँदै छौँ। गणतन्त्र दिवस नेपाली जनताको सफलताको दिन हो। यो हाम्रो उल्लासको चाड हो तर, आज हामी त्यसरी उल्लासपूर्वक यस चाडलाई मनाउन सकिरहेका छैनौं । कोभिड–१९ को महामारीका कारण सार्वजनिक व्यवहारका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्न बाध्य छौँ । विवाह, ब्रतवन्ध,… पुरा पढौ

खनाल, नेपालले नयाँ पार्टी बनाउने

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ भएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री झलनाथ खनालले कारवाहीले केही फरक नपर्ने बताएका छन् । मंगलबार एमालेको केपी ओली पक्षले खनाल, नेपालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेपछि खनालले यस्तो बताएका छन् । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरी अघि बढ्ने प्रष्ट गरे । खनाल नेपाल पक्षका २६ सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सोमबार सर्वाेच्च गएका… पुरा पढौ

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा ३ रिट

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरेकी थिइन् । सो अध्यादेश बदर गर्न माग गर्दै सोमबारसम्म सर्वोच्चमा ३ रिट पेस भएका छन् । ती रिट दर्ताका क्रममा छन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले नागरिकता अध्यादेश विरुद्ध रिट पेस भएका हुन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो… पुरा पढौ

विपक्षी गठबन्धन सर्वाेच्च जाने

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च जाने भएको छ। यसबारे शनिबार अपरान्ह साढे ४ बजेदेखि नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ । छलफलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका नेता सहभागी छन् । छलफलको संयोजन काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले गरेका छन् । सम्भवत भोलि यसबारे सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिने उनले जानकारी दिए । यसअघि विपक्षी… पुरा पढौ

फेरि संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका दाबी खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रो अवसर हो । ओलीले २०७७ पुस… पुरा पढौ

एमाले एकीकृत पार्टी नै हो : ओली

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई अदालतले पूर्ववत् अवस्थामा फर्काए पनि पार्टी एकीकृत नै रहेको दाबी गरेका छन् । शुक्रबार आयोजित सम्पादकहरुसँगको छलफलमा उनले भने, ‘नेकपा एकीकरण कायम छ । केही साथीहरुले पुनः दर्ता गर्न जान मान्नुभएन । एकीकरण त हामीले गरेकै हो । ’ कर्णालीमा फ्लोर क्रस र एमाले नेता रामबहादुर थापा बादललाई पराजय गराउने कदमलाई उनले अलोकतान्त्रिक भएको उल्लेख गरे । उनले माधव नेपाल पक्ष… पुरा पढौ

राष्ट्रपतिलाई महाअभियोग लाउनुपर्ने पक्षमा कांग्रेस

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी दलहरुसँग छलफल गर्दै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदान गर्नुपर्ने बताए । कांग्रेस पदाधिकारी बैठकलगत्तै सभापति शेरबहादुर देउव माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्दै छन् । राष्ट्रपतिबाट शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दिएको समयअघिनै सबै विकल्प… पुरा पढौ

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए । प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं