एमाले एकीकृत पार्टी नै हो : ओली

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई अदालतले पूर्ववत् अवस्थामा फर्काए पनि पार्टी एकीकृत नै रहेको दाबी गरेका छन् ।

शुक्रबार आयोजित सम्पादकहरुसँगको छलफलमा उनले भने, ‘नेकपा एकीकरण कायम छ । केही साथीहरुले पुनः दर्ता गर्न जान मान्नुभएन । एकीकरण त हामीले गरेकै हो । ’

कर्णालीमा फ्लोर क्रस र एमाले नेता रामबहादुर थापा बादललाई पराजय गराउने कदमलाई उनले अलोकतान्त्रिक भएको उल्लेख गरे । उनले माधव नेपाल पक्ष समानान्तर कमिटीहरु बनाउने र पार्टी कसरी ध्वस्त बनाउन सकिन्छ भनेर लागेको उनले दाबी गरे ।

उनले भने, ‘लोकतन्त्र छाडातन्त्र, अराजकतन्त्र त्यो त होइन । लोकतन्त्र भनेको कानुनको राजमा चल्ने हो । यसको समाधान गर्छाै र पार्टीलाई सिद्धान्त आधारित बनाउँछौं ।’ नेपाल पक्षलाई कारवाही गर्ने उनले संकेत गरे । उनले भने, ‘यसको हिसाबकिताब त गर्नैपर्छ, गर्ने छौं ।’