नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा ३ रिट

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरेकी थिइन् ।

सो अध्यादेश बदर गर्न माग गर्दै सोमबारसम्म सर्वोच्चमा ३ रिट पेस भएका छन् । ती रिट दर्ताका क्रममा छन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले नागरिकता अध्यादेश विरुद्ध रिट पेस भएका हुन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो पक्षमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका हुन् ।