Featured News

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन… पुरा पढौ

विदेशमा रहेका नेपालीसँग जनस्वास्थ्य विज्ञको आग्रह

बिदेशमा रहनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनी,नेपालमा अहिले कोरोना माहामारीको दोस्रो लहरले अकल्पनीय स्थिति आएको यहाँहरुलाई अवगत नै छ | आगामी २ हप्ता निकै सम्बेदनशील देखिएको छ | हामीकहाँ अक्सिजनको माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा अस्पतालहरु निकै कठिन अवस्थामा छन् | १. अक्सिजनको अभाव –नेपालमै अक्सिजनको चर्को अभाव भएको हुँदा यहाँ अक्सिजन किन्न पैसा पठाएर त्यसको खास अर्थ छैन | तसर्थ जति सकिन्छ, दुताबास / एनआरएन आदि संस्थासंग समन्वय गरेर… पुरा पढौ

दोस्रो पटक मुख्यमन्त्री बने पृथ्वीसुब्बा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। विपक्षी दलको दाबी नपुगेको भन्दै गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन्। गुरूङ संविधानको धारा १६८ ३ अनुसार ठूलो दलको हैसियतले गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गुरूङ अहिले कोरोना संक्रमित छन्। यता, गण्डकीका ४ विपक्षी दलले नयाँ सरकार गठन प्रक्रियाप्रति आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले विज्ञप्ति जारी… पुरा पढौ

७३ जिल्लामा निषेधाज्ञा, कास्कीमा जेठ ७ सम्म

मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड १९ संक्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब ४ जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी संक्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये ७ जिल्लामा आंशिक आदेश लागू छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा जेठ ७ गतेसम्मका लागि लम्ब्याएको छ । बुधबार साँझ सूचना निकालेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले… पुरा पढौ

उपेन्द्र नयाँ सरकारको पक्षमा, ठाकुर विपक्षमा

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव भने नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको प्रस्तावमा मतदान नगरी तटस्थ बसेका अध्यक्ष ठाकुरले मंगलबार राति जारी गरेको विज्ञप्तिमा सरकार निर्माण गर्ने पक्षमा पार्टी नरहेको उल्लेख गरेका छन्। जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वास गुमाएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर… पुरा पढौ

आज मातातीर्थ औंसी, माताहरुको सम्झना

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने… पुरा पढौ

ओलीले पाएनन् विश्वासको मत, सरकार बन्यो कामचलाउ

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विश्वासको मत लिन असफल भएपछि ओली पदमुक्त भएका छन् । नयाँ सरकार नबनेसम्म यो सरकार नै कामचलाउको रुपमा रहनेछ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत परेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको प्रस्तावको पक्षमा ९३ मत परेको र सो संख्या… पुरा पढौ

जनमोर्चामा विवाद, फेसबुकबाटै सचेतकको ह्वीप

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन ३ दलीय गठबन्धनलाई समर्थन गर्न ह्विप जारी गरेको छ ।राजमो सचेतक पियारी थापाले ह्विप जारी गरेको ह्विप सामाजिक सञ्जाल र हुलाकमार्फत सांसदहरुलाई पठाइएको जनाइएको छ । यसले थापा र शाही पार्टीको सम्पर्कमा नरहेको बुझाउँछ । जनमोर्चाका कृष्णबहादुर थापा र खिमविक्रम शाही कांग्रेससँग मिलेर सरकार बनाउन इच्छुक छैनन् गण्डकीमा माओवादी–कांग्रेस–जसपा नयाँ सरकार बनाउन प्रयासरत छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि ३ दिनभित्र नयाँ… पुरा पढौ

दोस्रो संस्करणको कोरोना (कोभिड-१९) संक्रमण: नेपालको अवस्था र सरकारको भूमिका

बिश्वको कुनैपनी देशमा महामारी वा बिपत्ति पुर्व जानकारी दिएर आउदैन । प्रत्येक राष्ट्रले जुनसुकै समयमा बिपत्ति वा महामारी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पुर्व सावधानी र सम्भाबित जोखिम न्यूनीकरण गर्न पुर्वाधारलाई तयारी अवस्थामा राख्ने गर्दछ्न। प्राकृतिक रुपमा सम्पन्न र गर्विलो इतिहास भएको नेपाल राजनैतिक अस्थिरताको कारण सामाजिक र आर्थिक एव बिकाशको स्तरमा समकालिन देशहरुको तुलनामा वर्तमान समयमा निकै पछाडी परेको प्रति ब्यक्ती आय र सामाजिक आर्थिक जिबन स्तरलाइ हेरेर प्रमाणित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं