प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ भएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री झलनाथ खनालले कारवाहीले केही फरक नपर्ने बताएका छन् ।
मंगलबार एमालेको केपी ओली पक्षले खनाल, नेपालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेपछि खनालले यस्तो बताएका छन् । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरी अघि बढ्ने प्रष्ट गरे ।
खनाल नेपाल पक्षका २६ सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सोमबार सर्वाेच्च गएका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी लगायतका नेपाल पक्षधर नेताले रिटमा हस्ताक्षर गरेका छैनन् ।
एमालेको ओली समूहले सोमबारै थप १२ जनालाई पनि स्पष्टीकरण सोधेको छ । अब देशकै ठूलो दल नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको छ ।




