२००७ सालभन्दा अगाडि मुलुकमा राणाहरुको एकाधिकार, निरङ्कुश शासनमा नेपाली जनता पढ्न, लेख्न पाउने र अभिव्यक्ति स्वतन्त्रताबाट त बञ्चित थिए नै, कलकारखानामा काम गर्ने मजदुर पनि विभिन्न खालका श्रमशोषणको शिकार भइरहेका थिए । ज्यालामा अनियमितता र असमानता, यौनजन्य दुर्व्यवहार, अमर्यादित र जोखिमपूर्ण काम, अपमान, हिंसा, जातीय विभेद आदिबाट श्रमजीवि मजदुरहरु पीडित थिए । तत्कालिन राज्य व्यवस्थासँगको असन्तुष्टी र विद्रोहको ज्वाला विराटनगरस्थित जुट मिलबाट निस्कियो । उक्त मजदुर आन्दोलनको नेतृत्व नेपालको राजनीतिका…
पुरा पढौ