बाटाे, राष्ट्रपति र उत्तरअाधुनिकता

हालै मात्र काठमाडाैँमा युवाहरुकाे अगुवाइमा राष्ट्रपतिकाे कथित सामन्तवादी शैलीमा गरिएकाे सवारीलाई अवज्ञा गरेर गणतन्त्रमा राष्ट्रपति जनता भन्दा ठूलाे हुन सक्दैन भन्ने सन्देश दिएका छन्। राष्ट्रपति प्रति पदीय सम्मान दर्शाउनु अलग कुरा हाे तर लाखाैँ मानिसहरुकाे समय बर्वाद गरी एकजनाकाे लागि बाटाे खाली गर्नु त्याे पनि काठमाडाैँ जस्ताे जनघनत्व भएकाे ठाउँमा अति अव्यावहारिक कुरा हाे ।

मानिसहरुकाे चलिरहेकाे जीवनकाे गति नै बन्द गरी सडक लाई सुनसान बनाई मध्ययुगीन शैलीका शाेषक ,राजा महाराजाहरु जस्तै सवार हुन खाेज्नु अाजकाे युगमा शाेभनीय देखिँदैन । मानिसहरुका हजाराैँ समस्याहरु हुन्छन्, भीडमा बिरामी र अशक्तहरु हुन्छन् भने जनताका विविध समस्याहरु हुन्छन् । लाखाैँ मानिसहरुलाई बाटाेमा हिँड्न दिएर बरु एकजनाले पाे अाफूलाई राेक्ने हाे तर एकजनाकाे लागि लाखाैँ काे बाटाे राेक्ने याे रवाफपूर्ण तरिका ले जनतामा विद्राेह पैदा हुन जान्छ । सत्ताधारीहरुले राज्यका प्रहरी, सेना, पार्टी र यसका भातृ संगठनहरु प्रयाेग गरी शक्ति अार्जन गर्छ र अाफू शक्तिशाली हुँ भन्ने साेच्छ भने सत्ताशीन दलका कार्यकर्ताहरु जनताकाे सुविधा भन्दा अाफ्ना दलका मालिक हरुकाे चाकडी गरि हनुमान बनी अाफ्नाे स्वार्थमात्रै कसरी पूरा गर्ने भन्ने साेचिरहेका हुन्छन् ।

अाम मानिसहरुले भाेट दिन्छन, कर तिर्छन् अनि वास्तवमा अाम मानिसहरु कुनै दल विशेषका मानिसहरु पनि हाेइनन् र दलमा लागेका र तिनका कार्यकर्ता हरु भन्दा स्वतन्त्र मानिसहरुकाे संख्या जहिले पनि ठूलाे हुन्छ । तसर्थ यथार्थमा लाखाैँ मानिसहरु एउटा राष्ट्रपति या मन्त्रीसंग डराएर बाटाेमा राेकिएर बसिरहेका छन् , तथापि अब समय बदलिएकाे छ , अब शक्तिशाली थाेरै शासकहरु सर्वसाधारण धेरैसंग डराउने युग हाे याे , जनतासंग राजा महाराजाहरु डराउने हाे अाजकाे युगमा ।

त्यसैले जनताहरु जाग्नुहाेस, उठ्नुहाेस र बाेल्नुहाेस नत्र तपाईहरु डराएर नै जीवनभरी बाँच्नुहुनेछ । अनि डराउँदा डराउँदै मर्नु हुनेछ त्यसैले डराउन छाेड्नुहाेस । अब महाराजाहरुलाई चुनाैती दिनुहाेस र जनता भन्दा ठूलाे काेही छैन भन्ने सन्देश दिनुहाेस।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।