रवीन्द्र अधिकारीको ७ दिने काजकिरियाबारे वहस भइरहेको छ। यो विषयमा यत्रो विवाद ( चर्चा गर्न आवश्यक छ र । आफ्नो इच्छा बमोजिम काज किरिया गर्न वा नगर्न सबै मानिस स्वतन्त्र हुन्छन्, हुनु पर्छ । १३ दिन, १३ महिना , १३ वर्ष वा आफ्नो इच्छा बमोजिम जति सुकै गर्न वा नगर्न पनि सक्छन् । हिन्दू धर्म भित्र आफन्त मर्दा मासु ( रक्सी खाने देखि नुन सम्म बार्ने सबै छन् । तसर्थ १३ दिन नबार्ने हिन्दू हुनै सक्दैनन् भन्ने कुतर्क नगर्दै ठीक ।१३ दिन मृत्यु संस्कार नगर्ने हरु हिन्दू नै होइनन्, मानव नै होइनन् भन्ने हरु संग एउटा अज्ञानी को केही जिज्ञासा । कृपया जानकार हरुले म लगायत अन्य अज्ञानीहरुलाई ज्ञान दिनु होला ।
१। १३ दिने मृत्यु संस्कार कहिले देखि सुरु भयो । हिन्दू धर्मको कुन मूल ग्रन्थमा के खाने, के नखाने, के लगाउने, के नछुने, कुन मान्छे लाई प्रवेश निषेध गर्ने लगायत कुरा उल्लेख छ ।
२। १३ दिने मृत्यु संस्कार नेपाल कै हिन्दू समेत सबैले गर्दैनन् । भारत लगायत अन्य देशका अर्बौ हिन्दूको त झन् फरक फरक मृत्यु संस्कार छ । यो किन ? १३ दिने वाला हिन्दू मात्रै हिन्दू हुन रु अरु आफूलाई हिन्दू भन्ने हरु पापी, अज्ञानी हुन ।
३। १३ दिन भन्दा कम मृत्यु संस्कार गरिदिने पण्डितलाई दण्डित गर्छन् केही झुण्ड हरुले । अब त्यो झुन्डले एउटा राजनैतिक दल खोल्नु पर्छ । सत्तामा पुगेर संविधानमै १३ दिन बार्नै पर्ने कडा दण्ड जरिवाना को प्रावधान राख्नुस् ।
४। १३ दिन बारेन भने, भूत प्रेत ले सताउँछ रे, सुख ( शान्ति पाइँदैन रे । यही भएर पश्चिमी, चिनीया , जापानी लगायत का देशका नागरिक हरुले दुःख पाएका हुन् । अनि यही भएर नेपाल मै १३ दिन पालना नगर्ने लाई भूतले सताएको हो ।
५। मलाई १३ दिन वा १३ वर्ष बार्ने संग पनि गुनासो छैन । १ दिन बार्ने वा न बार्ने संग पनि गुनासो छैन । मानिसको आफ्नो इच्छा हो । उसको स्वतन्त्रता हो । उसलाई जे सही लाग्छ, त्यही गर्छ । जसरी मृत्यु संस्कार ( जन्म संस्कार लगायत गर्दा वा नगर्दा उ खुसी हुन्छ, उसले त्यही गर्न पाउनु पर्छ। हिन्दू धर्म संग जोडेर अनेक का संस्कार ( कुसंस्कार, प्रथा ( कुप्रथा ले निश्चित साषक ( सोषकले समाजलाई लुटी रहेका छन्, विभाजित गरी रहेका छन् । यस्ता अपव्याख्या बन्द नगरे सम्म हिन्दू धर्मको रक्षा गर्न सकिँदैन । अनि शक्तिकेन्द्र ले यिनै अमानविय कुप्रथा संग खेलेर धर्म परिवर्तनको व्यापार चलाई रहन्छन् ।
६। ु१३ दिन नगर्दा हुन्छ भने आमाले शिशुलाई जन्म पनि ९ महिनाको साटो ९ दिनमा दिन मिल्छ । भन्ने उटपट्याङ तर्क गरेर जग हसाउँन बन्द गरौं । बरु हिन्दू धर्मको यी ( यी मूल ग्रन्थमा यसो भनिएको छ, जुन कुरा विज्ञानले पनि प्रमाणित गरेको छ भनौं ।




