Author Archive

मुक्तक मञ्च कास्कीमा दामोदर

मुक्तक मञ्च कास्की शाखाको दोस्रो अधिवेशनले दामोदर सञ्जेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्ष माधव सुवेदी, सचिव अञ्जना वाग्ले, कोषाध्यक्ष समीर पौडेल, सहसचिव सिचु सारुमगर निर्वाचित भए । सदस्य पूजना बुढा क्षेत्री, विशाल ओझा, श्रीकृष्ण भण्डारी, दुर्गा पोखरेल छन् । कार्यक्रममा कवि रमेश श्रेष्ठले मुक्तक साहित्यको छोटो, गम्भीर र लोकप्रिय विधा भएकाले सबैको रोजाईमा पर्ने गरेको बताए । मञ्च कास्की शाखा अध्यक्ष… पुरा पढौ

आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताए । ‘यस मनसुन ऋतुमा देशका अधिकांश… पुरा पढौ

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइन सेवा डटकम

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । पोखरामा आज पत्रकार सम्मेलन गर्दै अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुुभयो । पोखरामा स्थायी घर भई हाल अमेरिका बसोवास गर्दै आउनुुभएका अधिकारीले नेपाली सेवा र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवम् विश्व बजारमा पु¥याउनका… पुरा पढौ

पोखरामा सिआइसी एजुकेसन हबको शाखा

शैक्षिक परापर्शदाताका रुपमा राष्ट्रिय स्तरमा काम गरिरहेको सिआइसी एजुकेसन हबले पोखरा शाखा सञचालन गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पोखरा र आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा स्थापना गरिएको हो । वैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीलाई लक्षीत गरी क्यारियर काउन्सेलिङ, भिषा आवेदन, भाषा शिक्षण तथा भिषा आवेदनसम्बन्धी गरिने दस्तावेजीकरण सेवा दिइने सिआइसीका निर्देशक राजेश अधिकारीले जानकारी दिए । क्यानडा, अमेरिका, अष्ट्रेलिया, युके, न्युजल्यान्ड लगायतका देशमा उच्च शिक्षा अध्यायनका लागि… पुरा पढौ

गीत

अझै पनि हृदयमा तिम्रै माया लुकि रा'छतिमीलाई बेचैन छ, यता मन दुखिरा'छ । तिमी मेरै हौ भनेर भन्न पनि नसकिनेमर्दापर्दा आफन्तमा गन्न पनि नसकिनेबग्छ खोली सललल, तिमी र म किनारमाबिना सुरको गीत भएं, लय छुट्यो गितारमा। अझै पनि हृदयमा तिम्रै माया लुकि रा'छतिमीलाई बेचैन छ, यता मन दुखिरा'छ । ओठ खोल्नै पर्दैनथ्यो एकअर्कालाई देखे पुग्थ्योपढ्ने बेला कपि भित्र तिम्रै नाम लेखे पुग्थ्योनबोलेरै माया बस्ने हाम्रो त्यस्तै बेला थियोयादहरु आइरा'छन् "… पुरा पढौ

मुग्लिन पोखरा सडकः पूर्वी खण्ड असारभित्रै पिच

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम जारी छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये अब करिब ३ किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म छ । त्यस अवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । व्यास नगरपालिकाको दमौली… पुरा पढौ

पोखरामा अर्काे दुर्घटना, ३ जनाको मृत्यु

कास्कीको पोखरा ३२ लामेआहालमा बुधबार दिउँसो भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये तीन जनाको मृत्यु भएको हो । दिउँसो साढे ३ बजेतिर दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीकी प्रमुख शोभा पाण्डेले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याइएका चार जनामध्ये तीन जनाको मृत्यु… पुरा पढौ

शान्ति स्तूपनजिक बस दुर्घटना, २२ घाइते

कास्कीको पोखरा २२ पुम्दीभुम्दीमा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तूपबाट पोखरा फर्र्किदै गर्दा गरेको ग१ख ३८८६ नम्बरको माइक्रोबस घुम्तीमा सडकमै पल्टिएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले २२ जना घाइते भएको… पुरा पढौ

हरिदेवी कोइरालालाई ‘गण्डकी वाङ्मय पुरस्कार’

साहित्यकार हरिदेवी कोइरालालाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमद्वारा प्रदान गरिने सो पुरस्कारका लागि कार्यसमिति सदस्य सुरज उपाध्यायको संयोजकत्वमा गठित सल्लाहकार रघुनाथ अधिकारी र साहित्यकार नारायण परिश्रमीसमेत तीन जनाको समितिले सर्वसम्मत सिफारिस गरेअनुरूप कोइरालालाई २०८१ को पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । करिब पाँच दशकदेखि प्रगतिशील एवम् देशप्रेमले ओतप्रोत गीत–कविताहरुको सिर्जना र लोकगीतको सङ्कलन तथा गायनका क्षेत्रमा निरन्तर साधना गर्दै आएकी साहित्यकार तथा लोकगायिका… पुरा पढौ

गण्डकीमा ‘राइड सेयरिङ वैध, कम्पनी चलाउन कति लाग्छ शुल्क ?

गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो । ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं