पोखरामा अर्काे दुर्घटना, ३ जनाको मृत्यु

कास्कीको पोखरा ३२ लामेआहालमा बुधबार दिउँसो भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये तीन जनाको मृत्यु भएको हो । दिउँसो साढे ३ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीकी प्रमुख शोभा पाण्डेले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा ल्याइएका चार जनामध्ये तीन जनाको मृत्यु भएको बताइन् । मृतकको सनाखत हुन बाँकी छ । घाइते सात जनाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बुधबारै दिउँसो १२ बजेतिर पोखरा २२ पुम्दीपुम्दीमा भएको दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये अधिकांश भारतीय पर्यटक हुन् ।