Author Archive

हुन्डाइले गल्फ प्रतियोगिता गर्ने

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट २०२० आयोजना गर्ने भएको छ । लक्ष्मी हुन्डाइ नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता हो । टुर्नामेन्ट गोकर्ण गल्फ क्लबमा आगामी शुक्रबार र शनिबार हुनेछ । टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ¾ ह्यान्डिक्यापमा खेलिनेछ । टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फरले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता, फस्ट रनरअप, सेकेन्ड रनर अप, बेस्ट ग्रोस, लेडिज विनर, सिनियर विनर, जुनियर विनर, हुन्डाइ… पुरा पढौ

फागुन ३० मा सुमनको एकल साँझ

सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सुमन श्रापित एकल सांगीतिक साँझ २०७६ तयारी तीव्र पारिएको छ । तयारीका लागि मूल आयोजक समितिको बैठक मंगलबार बसेको छ । बैठकले कार्यक्रम भव्य बनाउने निर्णय गरेको प्रतिष्ठान महासचिव एवं कार्यक्रम मूल आयोजक समिति महासचिव मनकुमार श्रेष्ठले बताए । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा फागुन ३० गते दिउँसो २ बजे एकल साँझ हुँदै छ । आयोजक प्रतिष्ठानका संस्थापक नवराज बरालको अध्यक्षतामा बसेको बैठकमा हालसम्म भए… पुरा पढौ

कास्की कारागारमा २ गुणा कैदीबन्दी

५ दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् । पोखरामा रहेको कास्की कारागारमा ४ सय २० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८ सय ४७ जना कैदीबन्दी रहँदा असहज भएको छ । जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा १ आश्रित नाबालकसहित ६० महिला र ७ सय ८६ पुरुष छन् । तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८… पुरा पढौ

अद्भुत कला (फोटो फिचर)

बागलुङ, गल्कोटको हरिचौर टेउवामा जारी अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारले बनाएका मूर्तिहरु तस्बिर : गलकोट अपडेट पुरा पढौ

कोरोना भाइरसबाट जोगिन यसो गरौं

नेपाललाई विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९)  को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेपछि नेपाल सरकारले कोरोना नियन्त्रणको पूर्वतयारीलाई तीव्र रुपमा अघि बढाएको छ।डव्लुएचओको मुख्यालयमा गत बिहीबार भएको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको हो। यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो। कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं। १. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग,… पुरा पढौ

सिंगो गाउँमा अज्ञात रोगको प्रकोप, ४० सिकिस्त

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पहिचान नभएको रोगले ४० जनाभन्दा धेरै बासिन्दा बिरामी परेका छन् । बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, रिंगाटा लाग्ने, शरीर झमझमाउने, बान्ता हुने जस्ता लक्षण देखिएका छन् । १ सातादेखि त्रिपुरासुन्दरी १ करेलीकाँडा गाउँमा अज्ञात रोगको महामारी फैलिएको हो। रोगले अहिलेसम्म करिब ४० जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी नारायण रञ्जितकारले जानकारी दिए। करेलीकाँडा मुकुटेश्वर हिमालको फेदमा पर्छ। गाउँमा ४५ घर छन्। गाउँमा… पुरा पढौ

पुनःप्रयोग प्याड बितरण एबम प्रशिक्षण कार्यक्रम

कति बस्छौ छाउपडीमा महिला, रजस्वलाको सुरक्षामा प्राथमिकता पहिला भन्ने मुल नाराका साथ हामी परियार परिवारले प्याड वितरण एवम् सचेतना अभियान शुरु गरेको छ । कास्की जिल्ला रुपा गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री गाउँफर्क माध्यमिक विद्यालयमा अभियानको पहिलो कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा छात्रा विद्यार्थी लगायत शिक्षिकाहरुको पनि उल्लेखिए सहभागीता थियो। कार्यक्रममा सम्पुर्णलाई एक प्रति पुन प्रयोग प्याड वितरण गरिएको थियो भने प्याड आफैले बनाउन पनि सिकाइएको थियो।… पुरा पढौ

भीर काटेदै गरेको स्काभेटर खस्दा चालकको मृत्यु

बेनी जोमसोम सडक खन्नका लागि प्रयोग भएको स्काभेटर सोमबार साझ ५ बजे कालिगण्डकी नदीमा खसेको छ। मुस्ताङको थासाङ गाउँपालिका ४ घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा अकस्मात माथिबाट सुख्खा पहिरो खसेपछि स्काभेटर कालिगण्डकी नदीमा खसेको मुस्ताङका सहायक प्रजिअ घनश्याम गौतमले जानकारी दिए। सुख्खा पहिरोले करिव ३ सय मिटर तल कालिगण्डकी नदीमा स्काभेटर खसेको हो । दुर्घटनामा स्काभेटरका अपरेटर सिन्धुपाल्चोक जिल्ला घर भएका ५० वर्षीय अर्जुन दाहालको मृत्यु भएको छ।… पुरा पढौ

भण्डारढिकमा पार्कसहितको खुला व्यायमशाला

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांश मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गएको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा निर्माण गरिएको खुला व्यायमशाला तथा पार्कको उद्घाटन गर्दै उनले जीवन शैली सुधार गर्न जीवनशैलीको सुधार र शारिरिक व्यायम आबश्यक रहेको बताए । उनले सवैको पहुँच प्राप्त हुने गरी निर्माण भएको खुल्ला व्यायामशालाले प्राकृतिक चिकित्सालयको जस्तै काम गर्ने उल्लेख गरे… पुरा पढौ

टुँडिखेलमा फागुन २३ देखि कृषि एवं पर्यटन महोत्सव

फागुनको चौथो साता पोखरामा कृषि एवम् पर्यटन महोत्सव हुने भएको छ । साझा सहारा नेपाल (सास नेपाल) को आयोजनामा पोखराको पुरानो टुँडिखेलमा ‘प्रथम कास्की कृषि एवम् पर्यटन महोत्सव २०२०’ हुन लागेको हो । महोत्सव फागुन २३ गतेदेखि २८ गतेसम्म हुने सोमबार आयोजक साझा सहारा नेपालले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । मौलिक कला, संस्कृतिहरुको संरक्षण, सम्बद्र्धन गर्दै स्थानिय उत्पादन, सीप तथा क्षमताको उचित व्यवसायीकरण गर्ने उद्धेश्यले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं