५ दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् ।
पोखरामा रहेको कास्की कारागारमा ४ सय २० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८ सय ४७ जना कैदीबन्दी रहँदा असहज भएको छ । जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा १ आश्रित नाबालकसहित ६० महिला र ७ सय ८६ पुरुष छन् ।
तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८ तथा थुनुवा पुरुष २ सय ३६ र कैदी पुरुष ५ सय ५० छन् । कारागारले विभिन्न ३ वटा ब्लक छुट्याएकामा ‘क’ र ‘ख’ ब्लकमा क्रमश ३ सय १७ र ४ सय ११ जना छन् भने महिला ब्लकमा ६० जना कैदीबन्दीरहेको उनले जानकारी दिए । ‘क’ ब्लकमा १८ र ‘ख’ ब्लकमा १९ वटा कोठासहित १० तथा १२ वटा शौचालय, पुस्तकालय, क्यान्टिन आदि छन् । कारागारभित्रै फलफूल तथा चना चट्पटे पसल, सैलुन, मुडा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् ।
कारागारका ‘क’ र ‘ख’ ब्लकमा पुस्तकालय रहेकामा ‘क’ मा १ हजार ५ सय ३० पुस्तक छन् भने ‘ख’ मा १ हजार ५ सय पुस्तक रहेको प्रशासनले जनाएको छ । गौतमका अनुसार कैदीलाई दैनिक ६० सिधा तथा नेपाल खाद्य संस्थाले प्रतिकेजी ५० दशमलव ५२ मा ७ सय ग्राम सोना मनसुली चाम उपलब्ध गराउनाका साथै सरकारले प्रत्येक वर्ष बन्दीको स्वास्थ्य उपचारका लागि १२ लाख विनियोजन गर्दै आएको छ ।
पूर्वाधार व्यवस्था नभएको बताउँदै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । पूर्वाधारकै अभावमा कैदीबन्दीको श्रम सीपलाई उचित उपयोग गर्न नसकिएको बताउँदै उनले उनीहरुले उत्पादन गर्ने मुडा, झोला तथा भांग्राले श्रमअनुसारको मूल्य पाउन नसकेको सुनाए । कैदीबन्दी हरेक वर्ष वृद्धि हुँदै गएको बताउँदै उनीहरुको व्यवस्थापनका लागि ३ देखि ५ सय रोपनी जग्गा आवश्यक रहेको उनको भनाइ छ । कारागारमा हाल १ दर्जन ज्येष्ठ नागरिकसमेत छन् ।
कारागारभित्रै कतिपय उद्यमशीलताका माध्यमबाट आयआर्जनमा समेत जोडिएको जानकारी दिँदै उनले मुडा बुन्ने, कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेच्ने आदि गरेर आम्दानी गरिरहेको बताए । सुरक्षाकर्मी बस्नआवास तथा अन्य पूर्वाधार (शौचालय, धारा) आदिको समस्या रहँदै आएको उनको भनाइ छ ।
उनले गत भदौ २३ गते हिमालय आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा शिविर र प्रारम्भिक बालविकास केन्द्रको सहकार्यमा गत भदौ १ गतेदेखि प्रौढ शिक्षा सञ्चालन गरेकोे छ । कारागारमा सबैभन्दा बढी जबर्जस्तीकरणी मुद्दामा ११ विदेशीसहित २ सय २८ छन् ।
लागुऔषधतर्पm ८ विदेशीसहित २ सय २५ छन् । कारागारमा १ सय ६६ कर्तव्यज्यान, चोरी ८०, ज्यान मार्ने उद्योगमा १७, अपहरणमा १५, मानव बेचबिखन १९, सवारी ज्यान १९, बहुविवाहका १२, सार्वजनिक अपराध ९, डाँका चोरी ९, विदेशी विनिमय १ र वन जडीबुटी ओसारपसारका मुद्दामा ५ जना छन् ।
राज्यविरुद्धको कसुर विस्फोटक पदार्थ ३, सैनिक २, सम्पत्तिसम्बन्धी कसुर १, मुद्रासम्बन्धी कसुरमा २, लिखितसम्बन्धी १, ठगी १३, बालयौन दुराचार ४, बैंकिङ कसुर ९, वन्यजन्तु २, लेनदेन २, आगलागी ३ कैदीबन्दी रहेको प्रशासनले जनाएको छ ।
आव २०७६÷७७को ४ करोड १ लाख ३४ हजार बजेटमध्ये चालूतर्फ ३ करोड ८६ लाख ३८ हजार र पूँजीगततर्पm १४ लाख ९६ हजार छ । पोखरा महानगरपालिका ७ पार्दीमा २०२२ सालमा स्थापना भएको कारागार कुल १९ रोपनी क्षेत्रफलमा पैmलिएको छ । यसमा भित्री पर्खालको १० रोपनीमा कैदीबन्दी आवास तथा बाहिरी पर्खालभित्र ९ रोपनी जग्गा खुला छ ।






