Author Archive

सेवाग्राहीलाई वडाध्यक्षले कुटे, पक्राउचाहिँ सेवाग्राही परे

धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष र एक सेवाग्राहीबीच कुटाकुट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । सेवा लिन वडा कार्यालय पुगेका वडा नं. १ बस्ने स्थानीय अरबिन्द यादवसँग वडाध्यक्षको कुटाकुट भएको हो । वडा नं. १ का वडाध्यक्ष धर्मेन्द्र गोईत र अरबिन्द यादवबीच कुटाकुट हुँदा अरबिन्द घाईते भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरिक्षक हिरेन्द्र रोकायाका अनुसार सेवाग्राही अरबिन्दले वडाध्यक्ष गोईत उपर… पुरा पढौ

मेरो जिन्दगी शतप्रतिशत पारदर्शी छ

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध बालिका खड्काले पति भएको दाबी गर्दै अंश मुद्दा हालेपछि राईले मुख खोलेका छन् । उनले खड्काको दाबी अस्वीकार गर्दै केही दिनमा दूधको दूध पानीको पानी छुट्टिे दाबी गरेका छन् । मुख्यमन्त्रीको भनाइ जुन पात्रको कुरा छ, ती पात्रसँग मेरो कहिल्यै चिनजान भएको पनि छैन, बोलचाल भएको पनि छैन, कहिल्यै दोहोरो सम्वाद भएको पनि छैन । म सञ्चारमन्त्री भएको तीन महिना पछाडि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ… पुरा पढौ

अर्जुनचौपारी पोखरा समाजमा भवानीशंकर

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट पोखरामा आई अस्थायी एवं स्थायी रुपमा बसोबास गर्नेहरुको संस्था अर्जुनचौपारी पोखरा सम्पर्क समाजको दोस्रो अधिबेसनले डा भवानीशंकर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । प्रथम उपाध्यक्षमा जमुना काफ्ले चापागाईं, द्दितीय उपाध्यक्षमा गोबिन्द काफ्ले, तृतीय उपाध्यक्षमा डुकप्रसाद काफ्ले राजु, सचिवमा गोबिन्दप्रसाद सापकोटा, कोषाध्यक्षमा कमलप्रसाद अर्याल, सहसचिवमा अनुजा गुरुङ र सहकोषाध्यक्ष मा पूर्णबहादुर रोका छन् । सदस्यमा अम्बिका घिमिरे अमृत, महेश्वर रिमाल, प्रेम क्षेत्री, लालप्रसाद गिरी, लालप्रसाद चापागाईं, कृष्ण… पुरा पढौ

हक्कीमा गण्डकी प्रदेश आर्मीसँग पराजित

पोखरामा शनिबारदेखि सहाना प्रधान स्मृति महिला प्रदेशस्तरीय राष्ट्रिय महिला हक्की प्रतियोगिता शुरु भएको छ । शनिबार पोखरा रंगशाालास्थित आर्चरी खेलमैदानमा आयोजित उदघाटन खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गर्दै विभागीय क्लब आर्मीले सुखद शुरुवात गर्यो । खेलको ७ औं मिनेटमा आर्मीका लागि अन्जना चन्दले पहिलो गोल गरिन् । आर्मीले दोस्रो गोल गर्ने क्रममा १४ औं मिनेतमा सम्भव बनायो । दोस्रो गोल सीताकुमारी चौधरीले गोल गर्दै अग्रता दोब्बर बनाउँदा चन्दले व्यक्तिगत… पुरा पढौ

पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन

पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ । पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित सो स्क्रिनको शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले संयुक्त उद्घाटन गरे । पाल्पा र पोखरा दुवैको समग्र पर्यटन प्रवद्र्धनको लागि २२ लाख रुपैयाँ लागतमा सो स्क्रिन स्थापना गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । आन्तरिक एवं बाह्य पर्यटक भीडभाड रहने बाराहीचोकमा स्थापित सो स्क्रिनमा… पुरा पढौ

क्रिकेट रंगशालालाई सहकारीको सहयोग

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्नका लागि पोखराको कलश बचत तथा ऋण सहकारीले सहयोग गरेको छ । निर्माणाधीन रंगशालामै पुगेको सहकारीको टोलीले रंगशाला निर्माण समिति सदस्य कुमार कट्टेललाई ७५ हजार नगद हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत रकम प्रदान गरिएको बताए । उनले कलाकार धुर्मुस तथा सुन्तलीले थालेको विकासको अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे… पुरा पढौ

हिमालयन बोर्डिङको वार्षिकोत्सव

पोखरा १७ घारीपाटनमा रहेको हिमालयन बोर्डिङ स्कुलले बिहीबार १४ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा यस शैक्षिक शत्रमा शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको थियो । सभामा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिक्षाप्रेमी र लामो अनुभव भएका व्यक्तिहरुले सञ्चालन गरेको हिमालयन जस्ता विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताए । सरकारको ठूलो लगानी भएका सरकारी विद्यालयले शैक्षिक गुणस्तर सुधार र व्यवस्थापनको शैली निजी विद्यालयबाट सिक्नुपर्नेमा… पुरा पढौ

बागलुङ समाज पोखरामा सुनील

बागलुङ समाज पोखराको शनिबार भएको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले सुनील पाण्डेको अध्यक्षतामा निर्विरोध नयाँ समिति चुनेको छ । पाण्डे नेपालदुतका सञ्चालक एवं सम्पादक पनि हुन् । समितिको उपाध्यक्ष डिल्लीप्रसाद शर्मा, सचिव नरेश सुवेदी, सहसचिव भवानीशंकर शर्मा र कोषाध्यक्ष ठाकुरप्रसाद सापकोटा छन् । समाजका सदस्यमा वर्णकिरण श्रेष्ठ वन्त, टीकाराम आचार्य, मीना थापा, गंगा पुन, प्रकाश मल्ल र सुशीला प्रधानांग छन् । साधारणसभमा गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले हरेक… पुरा पढौ

कोरियन पाइलट चोय र नेपाली टिम वल्र्ड च्याम्पियन

प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरको उपाधि कोरियन खेलाडी च्याम्पियन बन्दा टिम तर्फ नेपालीले उपाधि आफनो नाममा लेखाएको छ । तेस्रो दिनको शनिबारको टास्क पुरा गर्दै कोरियन खेलाडी(पाईलट) जङमन चोयले व्यक्तिगत तर्फ २२२० स्कोरसहित वल्र्ड च्याम्पियन बने । उनले तेस्रो दिको टास्क पुरा गर्दा पहिलो दिन २४५ अंक जोडे । दोस्रो दिन ९९२ अंक र तेस्रो दिन ९८३ अंक जोड्दै उपाधि जित्न सफल भए । अन्तिम दिनको टास्क ४७ दशमलव ८ किलोमिटरको थियो… पुरा पढौ

कवितामार्फत हेमराजको सम्झना

शनिबार साहित्यकार हेमराज पहारीको १० औं स्मृति दिवस । पोखरेली साहित्यकारले पहारीलाई कविताबाटै सम्झिएका छन् । उनको योगदान र नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्न गठित हेमराज पहारी स्मृति प्रतिष्ठानको आयोजनामा केही प्रतिनिधि कविले आफ्ना रचना सुनाए । साहित्यकार सरुभक्तले हेमराजका कृतिहरु बजारमा अप्राप्त भएकाले पुनप्रकाशन गर्न आग्रह गरे । सुरुमा असल शिक्षकका रुपमा चिनेका पहारीलाई निकै पछिमात्र साहित्यकारका रुपमा चिन्न पाएको उनले उल्लेख गरे । साहित्यकार रमेश श्रेष्ठले आफूलाई पहारीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं