हिमालयन बोर्डिङको वार्षिकोत्सव

पोखरा १७ घारीपाटनमा रहेको हिमालयन बोर्डिङ स्कुलले बिहीबार १४ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा यस शैक्षिक शत्रमा शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको थियो ।

सभामा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिक्षाप्रेमी र लामो अनुभव भएका व्यक्तिहरुले सञ्चालन गरेको हिमालयन जस्ता विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको बताए । सरकारको ठूलो लगानी भएका सरकारी विद्यालयले शैक्षिक गुणस्तर सुधार र व्यवस्थापनको शैली निजी विद्यालयबाट सिक्नुपर्नेमा उनले जोड दिए ।

पोखरा महानगरका कार्यपालिका सदस्य राधिकाकुमार शाही योगीले नागरिकको शैक्षिक स्तर विकास नभएसम्म समृद्धि र विकासले गति लिन नसक्ने औंल्याइन् ।

प्याब्सन कास्की अध्यक्ष प्रेमप्रसाद सुवेदीले छोटो समयमै हिमालयन कास्कीको उत्कृष्ट विद्यालयमा रुपमा परिचित भएको उल्लेख गरे । विद्यालयका प्राचार्य डा. टेकनारायण पौडेलले अभिभावकसँग अन्तक्र्रिया गर्दै विद्यार्थीमैत्री वातावरणमा युग सापेक्ष शिक्षा दिइरहेको बताए । उनले विद्यालयका गतिविधि, उपलब्धि र भावी योजनाबारे पनि प्रकाश पारे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ई. भोजराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मधुराप्रसाद पौडेल, सहायक प्राचार्य गोविन्द काफ्ले, विद्यार्थी अश्मी भण्डारी लगायतले बोलेका थिए ।

वार्षिकोत्सवमा शिक्षकहरु रञ्जिता कार्की र सन्तोष पौडेल क्रमश दीर्घ सेवा सम्मान र उत्कृष्ट कार्यसम्पादनमा सम्मानित भएका छन् । समारोहमा विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुतिसमेत राखेका थिए ।