अर्जुनचौपारी पोखरा समाजमा भवानीशंकर

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट पोखरामा आई अस्थायी एवं स्थायी रुपमा बसोबास गर्नेहरुको संस्था अर्जुनचौपारी पोखरा सम्पर्क समाजको दोस्रो अधिबेसनले डा भवानीशंकर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।

प्रथम उपाध्यक्षमा जमुना काफ्ले चापागाईं, द्दितीय उपाध्यक्षमा गोबिन्द काफ्ले, तृतीय उपाध्यक्षमा डुकप्रसाद काफ्ले राजु, सचिवमा गोबिन्दप्रसाद सापकोटा, कोषाध्यक्षमा कमलप्रसाद अर्याल, सहसचिवमा अनुजा गुरुङ र सहकोषाध्यक्ष मा पूर्णबहादुर रोका छन् । सदस्यमा अम्बिका घिमिरे अमृत, महेश्वर रिमाल, प्रेम क्षेत्री, लालप्रसाद गिरी, लालप्रसाद चापागाईं, कृष्ण केसी, बिष्णुकुमारी अर्याल दोरंगा, विजय खड्का र लक्ष्मी अधिकारी छन् ।

वडा संयोजकमा क्रमश क्या हिराबहादुर थापा, श्यामबहादुर केसी, तारा गौतम सुनार, रमेशप्रसाद चापागाईं, महेश पौडेल र टेकनाथ पौडेल छन् ।