कति बस्छौ छाउपडीमा महिला, रजस्वलाको सुरक्षामा प्राथमिकता पहिला भन्ने मुल नाराका साथ हामी परियार परिवारले प्याड वितरण एवम् सचेतना अभियान शुरु गरेको छ ।
कास्की जिल्ला रुपा गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री गाउँफर्क माध्यमिक विद्यालयमा अभियानको पहिलो कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा छात्रा विद्यार्थी लगायत शिक्षिकाहरुको पनि उल्लेखिए सहभागीता थियो। कार्यक्रममा सम्पुर्णलाई एक प्रति पुन प्रयोग प्याड वितरण गरिएको थियो भने प्याड आफैले बनाउन पनि सिकाइएको थियो।
अभियानका संयोजक अनिता परियार र सदस्यहरु सीता परियार, अस्मिता परियार, निकिता परियार, युनिशा परियार, सोनु परियार, यानी परियार लगायतले प्रशिक्षण दिएका थिए।
आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने यस्तै सामाजिक जनचेतनामूलक कार्यक्रमहरु गर्ने र परियार जातिको मात्र नभएर हामी सबै नेपालीहरुको विकासमा योगदान रहने कामहरु गर्ने अभियानको संयोजक अनिताले बताइन् ।
कार्यक्रममा श्री गाउँफर्क माध्यमिक विधालयको शिक्षिका पबित्रा परियारले यो कार्यक्रम आफ्नो बिधालयबाट शुरूवात गरेकोमा धन्यवाद व्यक्त गर्दै अन्य ग्रामिण बिधालयहरुमा पनि यस्तो कार्यक्रम गर्नुपर्ने बताइने ।




