डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पहिचान नभएको रोगले ४० जनाभन्दा धेरै बासिन्दा बिरामी परेका छन् । बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, रिंगाटा लाग्ने, शरीर झमझमाउने, बान्ता हुने जस्ता लक्षण देखिएका छन् ।
१ सातादेखि त्रिपुरासुन्दरी १ करेलीकाँडा गाउँमा अज्ञात रोगको महामारी फैलिएको हो। रोगले अहिलेसम्म करिब ४० जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी नारायण रञ्जितकारले जानकारी दिए।
करेलीकाँडा मुकुटेश्वर हिमालको फेदमा पर्छ। गाउँमा ४५ घर छन्।
गाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएको र सोमबारबाट शिविर नै गरी उपचार सुरु गरिएको जनाइएको छ ।




