Author Archive

दिउँसो ३ बजेः कसले कहाँ जिते ?

तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २७ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा नेकपा एमाले ५ स्थानमा जितेर दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ। माओवादी केन्द्रले २ क्षेत्रमा जित हात पारेको छ। नेकपा ९एकीकृत समाजवादी० नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक(एक ठाउँमा जित निकालेका छन्।… पुरा पढौ

३५ मतले विजयी बने नारायण

उदयपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण बुर्जा मगर झिनो मतान्तरले विजयी भएका छन्। यसअघि पनि प्रदेशसभा सांसद रहेका उनले एमाले उम्मेदवार देवराज राईलाई हराएका हुन्। बुर्जाले ८१०५ मत ल्याउँदा एमालेका राईले ८०७० मत मात्रै पाएका छन्। पुरा पढौ

गोकर्ण विष्ट विजयी, झाक्री पराजित

गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले नेकपा ९एकीकृत समाजवादी० की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् । विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्। पुरा पढौ

नवलपरासी पूर्व–२ को दुई वटै प्रदेश सभामा एमाले विजयी

नवलपरासी पूर्व क्षेत्र नं २ का दुवै प्रदेशसभा सदस्यमा नेकपा ९एमाले० का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्। क्षेत्र नं २ ९१० र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका छन्। प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७४३ मत ल्याएका छन्। यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस… पुरा पढौ

२२ क्षेत्रको नजिता आउँदा कसले जित सिट जिते ?

प्रतिनिधि सभातर्फ बुधबार बिहानसम्म २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये बुधबार बिहान ९ बजेसम्म देश भरका २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको हो। २२ मध्ये नेपाली कांग्रेसले १३ क्षेत्रमा जित निकालेको छ। मत गणना चलिरहेका प्रतिनिधि सभाका ४१ स्थानमा कांग्रेसको अग्रता लिइरहेको छ। त्यसैगरी एमालेले ३ क्षेत्रमा जित निकालेको छ। एमाले पनि ४२ क्षेत्रमा अग्रता कायम गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा… पुरा पढौ

कास्की २ (१) मा एमालेको जित, सत्ता गठबन्धन तेस्रो

कास्की क्षेत्र नम्बर २ प्रदेश सभा ‘१’ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यहाँ एमालेका भीम बहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी कार्कीले १० हजार ५३१ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजयबहादुर भण्डारीले ५८९३ मत प्राप्त गरे। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने भने तेस्रो स्थानमा सीमित रहे। लामिछानेले ५ हजार ५४० मत पाएका छन् । पुरा पढौ

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसको क्लिन स्विप

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ। बागलुङ–१ ९१० मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गरेका छन्। थापाले १३ हजार आठ सय ८४ मत ल्याएका छन् भने केसीले १२ हजार चार सय पाँच मत ल्याएका छन्। बागलुङ–१ ९२० मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन्। सुवेदीले… पुरा पढौ

तनहुँ २ (१) मा एमालेको जित

नेकपा एमालेले गण्डकी प्रदेशसभामा दोस्रो जित हासिल गरेको छ । एमालेबाट तनहुँ २ (१) मा श्यामराजा महत विजयी भएका छन् । महतले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । महतले १५ हजार ६४३ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार रहेका न्यौपानेले १३ हजार ८८१ मत पाए । पुरा पढौ

ओखलढुंगामा सत्ता गठबन्धनको जित

ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन् । उनी एमालेका अम्बिरबाबु गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । सुनुवार ३ सय ६० मतान्तरले अग्रता कायम गर्दै विजयी भए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सुनुवारसँग तीन दशक लामो राजनीतिक अनुभव छ । उनी २ कार्यकाल ओखलढुंगा कांग्रेसको सभापति समेत भएका थिए । प्रदेशसभा २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी हुनु भएको छ ।… पुरा पढौ

ललितपुर–१ नवराज सिलवाललाई हराउँदै कांग्रेसका राणाको जित

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं