२२ क्षेत्रको नजिता आउँदा कसले जित सिट जिते ?

प्रतिनिधि सभातर्फ बुधबार बिहानसम्म २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये बुधबार बिहान ९ बजेसम्म देश भरका २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको हो।

२२ मध्ये नेपाली कांग्रेसले १३ क्षेत्रमा जित निकालेको छ। मत गणना चलिरहेका प्रतिनिधि सभाका ४१ स्थानमा कांग्रेसको अग्रता लिइरहेको छ।

त्यसैगरी एमालेले ३ क्षेत्रमा जित निकालेको छ। एमाले पनि ४२ क्षेत्रमा अग्रता कायम गरिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा जित निकाल्दा ८ क्षेत्रमा अग्रता कायम गरेको छ।

एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार १–१ क्षेत्रमा विजयी भएका छन्।

१७ क्षेत्रमा अग्रता कायम राखे पनि अहिलेसम्म माओवादी केन्द्रले प्रतिनिधिसभामा खाता खोल्न सकेको छैन।

जनता समाजवादी पार्टी ९जसपा० ले देशका ५ क्षेत्रमा अग्रता कायम राखेको छ। जसपाले पनि प्रतिनिधिसभामा अहिलेसम्म खाता खोल्न सकेको छैन।

एकीकृत समाजवादी ७, राप्रपा ५, नागरिक उन्मुक्ति पार्टी ४ र लोकतान्त्रि समाजवादी पार्टी ९लोसपा० का उम्मेदवारले ३ क्षेत्रमा अग्रता कायम राखेका छन्। प्रतिनिधिसभामा लोसपाले पनि अहिलेसम्म खाता खोल्न सकेको छैन।

मत गणना चलिरहेका प्रतिनिधिसभाका ५ क्षेत्रमा रास्वपाले अग्रता कायम राखेको छ।

यी हुन् बुधबार बिहान ९ बजेसम्म परिणाम आएका क्षेत्रः 

नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १– प्रकाशमान सिंह
४. काठमाडौं ३– सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा– मोहन आचार्य
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २– शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं १०– राजेन्द्र कुमार केसी
१२. पर्सा ४– रमेशकुमार रिजाल
१३. सुर्खेत २– हृदयराम थानी

नेकपा एमाले
१. उदयपुर २– अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २– प्रेमबहादुर महर्जन

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७– गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम

एकीकृत समाजवादी
१. अछाम १– शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलसमशेर जबरा

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १– गंगाराम चौधरी