

नेपालदूत , पोखरा
मंसिर ७ गते २०७९
नेकपा एमालेले गण्डकी प्रदेशसभामा दोस्रो जित हासिल गरेको छ । एमालेबाट तनहुँ २ (१) मा श्यामराजा महत विजयी भएका छन् ।
महतले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । महतले १५ हजार ६४३ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार रहेका न्यौपानेले १३ हजार ८८१ मत पाए ।