कास्की २ (१) मा एमालेको जित, सत्ता गठबन्धन तेस्रो

कास्की क्षेत्र नम्बर २ प्रदेश सभा ‘१’ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

यहाँ एमालेका भीम बहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी कार्कीले १० हजार ५३१ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका विजयबहादुर भण्डारीले ५८९३ मत प्राप्त गरे।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने भने तेस्रो स्थानमा सीमित रहे। लामिछानेले ५ हजार ५४० मत पाएका छन् ।