
ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन् । उनी एमालेका अम्बिरबाबु गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् ।
सुनुवार ३ सय ६० मतान्तरले अग्रता कायम गर्दै विजयी भए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सुनुवारसँग तीन दशक लामो राजनीतिक अनुभव छ । उनी २ कार्यकाल ओखलढुंगा कांग्रेसको सभापति समेत भएका थिए ।
प्रदेशसभा २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी हुनु भएको छ । उहाँ एमालेका ज्ञानबहादुर खड्कासँग १ हजार ९६ फराकिलो मतान्तरसहित विजयी हुनु भएको हो ।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका गौतमले १५ हजार ७ सय ३८ मत प्राप्त गर्नु भएको छ । यस्तै खड्काले १४ हजार ६ सय ४२ मत प्राप्त गर्नु भयो ।