Author Archive

धर्मराज बने गुप्तेश्वर क्याम्पस प्रमुख

पोखरा १७ मा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा धर्मराज बराज नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको चैत २७ गतेको बैठकले बराललाई प्रमुख नियुक्त गरेको हो । आइतबार क्याम्पसमा आयोजित समारोहमा बराललाई क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीराम सुुवेदी लगायतले पदस्थापन गराएका छन् । कार्यक्रममा समितिका अध्यक्ष श्रीराम सुवेदी, निमित्त क्याम्पस प्रमुख राजकुमार सुवेदी, पोखरा १७ का पूर्व वडाध्यक्ष तीर्थराज अधिकारी लगायतले बोलेका थिए। यसअघि १ कार्यकाल बराल क्याम्पस प्रमुख… पुरा पढौ

पोखरेलीले सम्झिए रविलालको योगदान

अग्रज प्रगतिवादी साहित्यकार प्राडा रविलाल अधिकारीलाई पोखरेली साहित्यकार, बुुद्धिजीवीहरुले सम्झना गरेका छन् । गण्डकी साहित्य सङ्गम पोखरा, साहित्य शृङ्खला, पोखरा, प्रलेस, कास्की र प्रलेस गण्डकीले शनिबार आयोजना गरेको कार्यक्रममा अधिकारीको योगदान र जीवनीबारे चर्चा गरिएको हो । रविलालको फागुन १६ गते निधन भएको थियो । कार्यक्रमका वक्ताहरुले अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनले सिर्जनामा देखिएको बाटो अनुुशरण गर्नुु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने औंल्याएका थिए । कार्यक्रममा प्राज्ञ… पुरा पढौ

ज्येष्ठ नागरिक समाज भलाममा लोकबहादुर

ज्येष्ठ नागरिक समाज भलामको पहिलो अधिवेशनले तदर्थ समितिलाई नै निरन्तरता दिएको छ । समाजको अध्यक्षमा लोकबहादुर खत्री, उपाध्यक्ष कृष्णबहादुर कार्की, सचिव गणेशबहादुर खत्री र कोषाध्यक्ष गोविन्दप्रसाद बास्ताकोटी छन् । शुक्रबार भएको अधिवेशनबाट सदस्यमा विष्णुबहादुर खत्री, शम्शेर केसी, लक्ष्मी कार्की, सरस्वती गौतम र गीता खत्री चुनिए । समितिको कार्यकाल ३ वर्ष छ । कार्यक्रममा पोखरा २० का वडाध्यक्ष गंगाबहादुर खत्रीले वडाको विकासका लागि सबैसँग सहकार्य गरी योजनावद्ध रुपमा काम भइरहेको बताए… पुरा पढौ

भलिबलमा भूपू गाइज पहिलो, परिवर्तन युवा क्लब दोस्रो

पोखरा २२ पुम्दीभुम्दी, ठुलीबिडिमा आयोजित प्रथम खुला पुरुष भलिबल प्रतियोगिता शनिबार सकिएको छ । प्रतियोगितामा भूूपू गाइज (मट्टिखान) प्रथम र आयोजक परिवर्तन युवा क्लब दोस्रो बनेका छन् । प्रथम हुने टिमले ४० हजार र दोस्रो हुने टिमले २० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । आयोजक टिमका बलराम गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । बिहीबार गण्डकी प्रदेशका सांसद प्रकाश बरालले प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतिस्पर्धामा १२… पुरा पढौ

पोखराको मध्य भागमा १९५ थरि झन्डा फहराउने

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब अफ इन्टरनेसनलको आर्थिक सहयोगमा निर्माण गरिने यो पार्क पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्षको अवसरमा शुक्रबार सुरुआत गरेका छन् । प्रमुख आचार्यले ४ तहको प्यारा फट शैलीमा बन्ने पार्कमा सबै देशको नामसहितका पिल्लर र्निाण गरिने बताए । बीचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने भएको छ । ‘यसको संरचना ४ तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ,’ प्रमुख आचार्यले भने… पुरा पढौ

गाउँकी ‘फूलमाया’ लिएर आए सपूत (गीतसहित)

एकपछि अर्को सिर्जनामार्फत दर्शक, स्रोताको मन जितिरहेका गायक प्रकाश सपुतको नयाँ म्युजिक भिडियो सकम्बरीयुट्युब ट्रेन्डिङ १ मा उक्लेको छ । बिहीबार प्रकाशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोले छोटो अवधिमै करिब २३ लाख भ्युज पाइसकेको छ । गीतमा स्वर, शब्द र लय प्रकाशकै छ । स्वरमा प्रकाशसँगै वर्ता गन्दर्भ पनि सुनिएकी छन् । आफ्ना सिर्जनामा निकै मिहेनत गर्ने प्रकाशले त्यसमार्फत खास सन्देश प्रवाह गर्ने गरेका छन् । नयाँ म्युजिक भिडियोमा… पुरा पढौ

पोखरा १५ मा जमिनमुनि खसेकी किशोरीको मृत्यु

पोखरा १५ मा जमिनको चिराभित्र खसेकी किशोरीलाई २ घन्टापछि निकालिएको छ । शनिबार साँझ ५ बजे निकालिएकी स्मृति पराजुलीलाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । स्मृति शनिबार दिउँसो पौने ३ बजे पोखरा १५ को सीताराम पुल नजिकै धाँजा फाटेको जमिनमुनि खसेकी थिइन् । पोखरा ८ नागढुंगा बस्ने स्मृति चिप्लेर खसेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वैदाम, रामबजार र सशस्त्रका टोलीले उद्धारमा… पुरा पढौ

हेमराज स्मृति पुरस्कार साहित्य सन्ध्यालाई

हेमराज पहारी स्मृति पुरस्कार २०७९ काठमाडौंको साहित्य सन्ध्यालाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको बिहीबार बसेको बैठकले अनुमोदनद गरेको हो । पुरस्कार वैशाख १६ गते काठमाडौंमा हुने समारोहमा पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।साहित्यकार फणीन्द्रराज निरौला संयोजक, शान्ता मानवी र लक्ष्मी निरौला सदस्य रहेको प्रतिभा छनोट समितिले सन्ध्यालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो । साहित्य सन्ध्या २०३९ मा स्थापना भएको हो । यसले हालसम्म… पुरा पढौ

के सारो आपत् यो जिन्दगानीमा…

गाउँघरमा काम नहुँदा खाडी, युरोप, अमेरिकादेखि भारत पस्नेको संख्या बढ्दो छ । व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । कतै मिटरब्याजको पीडा छ, कतै जातीय भेदभाव । नयाँ नयाँ सरकार र मन्त्रीहरु फेरिइरहेका छन्, भूईमान्छेका कथा भने उस्तै छन् । दैनिकी चलाउने मुस्किल छन् । गायक जीवन शर्माको चर्चित गीत छः कोही साथी टिष्टापारि कोइलाको खानीकोही साथी सिठी फुक्दै कन्याकुमारीमाहत्केलामा ज्यानमा ज्यान राखी समुद्रको पानीमाके सारो आपत् यो जीन्दगानीमा… पुरा पढौ

सांसद ढाकाले रास्वपालाई स्पष्टीकरण बुझाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई सोमबार स्पष्टीकरण बुझाएका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियोबारे उनले स्पष्टीकरण बुुझाएका हुन् । अडिओ सार्वजनिक भएलगत्तै रास्वपाको अनुशासन कमिटीले उनीसँग २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो । श्रेष्ठले ह्वाट्सएपमार्फत स्पष्टीकरण बुझाएका छन् । अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले मंगलबार अनुशासन समितिको बैठक बसी प्रतिवेदन बुुझाइने जनाए । आफ्नो स्पष्टीकरणमा ढाकाले अडिओको आवाज आफ्नो आवाज नभएको जिकिर गरेका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं