पोखरा १५ मा जमिनको चिराभित्र खसेकी किशोरीलाई २ घन्टापछि निकालिएको छ । शनिबार साँझ ५ बजे निकालिएकी स्मृति पराजुलीलाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
स्मृति शनिबार दिउँसो पौने ३ बजे पोखरा १५ को सीताराम पुल नजिकै धाँजा फाटेको जमिनमुनि खसेकी थिइन् । पोखरा ८ नागढुंगा बस्ने स्मृति चिप्लेर खसेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वैदाम, रामबजार र सशस्त्रका टोलीले उद्धारमा खटिई साँझ ५ बजे स्मृतिलाई निकालेका थिए ।






