पोखरा २२ पुम्दीभुम्दी, ठुलीबिडिमा आयोजित प्रथम खुला पुरुष भलिबल प्रतियोगिता शनिबार सकिएको छ । प्रतियोगितामा भूूपू गाइज (मट्टिखान) प्रथम र आयोजक परिवर्तन युवा क्लब दोस्रो बनेका छन् ।
प्रथम हुने टिमले ४० हजार र दोस्रो हुने टिमले २० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । आयोजक टिमका बलराम गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
बिहीबार गण्डकी प्रदेशका सांसद प्रकाश बरालले प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतिस्पर्धामा १२ टिम सहभागी थिए । यस्ता प्रतियोगिताले युवामा लुकेर रहेका प्रतिभा बाहिर निकाल्दै सामाजिक कार्यमा सक्रिय बनाउने सांसद प्रकाश बरालले बताए ।
क्लब अध्यक्ष कमल बरालको अध्यक्षता भएको कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, नेपाली काङ्ग्रेस २२ सभापति होमप्रसाद बराल, वडा नम्बर २२ एमाले अध्यक्ष राजेन्द्र बराल, वडा नम्बर २२ माओवादी केन्द्र अध्यक्ष नमराज बराल, जिल्ला समन्वय अधिकारी नमराज बराल, सशस्त्र प्रहरीका डिसपी दीपकराज बराल, टंकराज पौडेल र कार्यक्रमका संयोजक सुदीप बरालले बोलेका थिए ।
विभिन्न सामाजिक कार्यमा सक्रिय परिवर्तन युवा क्लबले नयाँ वर्ष २०८० को उपलक्ष्यमा अनुशासन, पर्यटन प्रबर्द्धन र सामाजिक सदभावसहित स्वास्थका लागि खेलकुद उद्घोष गर्दै प्रतियोगिता आयोजना गरेको हो ।






