राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई सोमबार स्पष्टीकरण बुझाएका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियोबारे उनले स्पष्टीकरण बुुझाएका हुन् ।
अडिओ सार्वजनिक भएलगत्तै रास्वपाको अनुशासन कमिटीले उनीसँग २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो । श्रेष्ठले ह्वाट्सएपमार्फत स्पष्टीकरण बुझाएका छन् ।
अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले मंगलबार अनुशासन समितिको बैठक बसी प्रतिवेदन बुुझाइने जनाए ।
आफ्नो स्पष्टीकरणमा ढाकाले अडिओको आवाज आफ्नो आवाज नभएको जिकिर गरेका छन् ।




