Author Archive

चितवन २ : एमालेका रामप्रसादको अग्रता, रवि दोस्रो

चितवन क्षेत्र नम्बर २ को सुरुवाती मतपरिणामअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले अग्रता बनाएका छन्। इच्छाकामना गाउँपालिकाको मत १ हजार गन्दा एमालेका न्यौपानेले ३६८ मतसहित अग्रता बनाएका हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मतसहित दोस्रो स्थान कायम गरेका छन्। त्यसैगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २९७ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्। कसको मत कति? रामप्रसाद न्यौपाने (सूर्य): ३६८रवि लामिछाने (घण्टी): ३१९जितनारायण श्रेष्ठ (रुख): २९७जीवलाल पुरी (हलो) : ८ पुरा पढौ

बुद्धिजीवी परिषद् गण्डकी अध्यक्षमा चन्द्रबहादुर

नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्राडा चन्द्रबहादुर थापाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । परिषद्को उपाध्यक्षमा भोजराज दाहाल, सचिव बाबुराम केसी, उपसचिव ध्रुवराज सिग्देल र हेमलाल पौडेल र कोषाध्यक्ष गोरखबहादुर जिसी चुनिएका छन् । कार्यक्रममा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले देशको विषम अवस्थामा बुद्धिजीवीले अहं भूमिका खेल्नुपर्ने बताइन् । उनले मुलुकको समसामयिक राजनीतिक अवस्थाको… पुरा पढौ

बारामा उपेन्द्रको सुरुआती अग्रता

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन्। उनले २२४ मत पाएका छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। उनले १७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्। शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो ।मतगणना करैयामाई… पुरा पढौ

साथीले बोकेको बन्दुक पड्कँदा युवकको मृत्यु

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका पञ्च घलेको साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ । शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार किम्ताङको जङ्गलमा अमृतले बोकेको बन्दुक उनी लड्ने क्रममा पड्कँदा उनको पछाडि रहेका घलेको छातीमा गोली लागी… पुरा पढौ

ढल्यो एमाले नेतृत्वको लुम्बिनी सरकार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन्। गिरिको प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो। गिरिको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा,… पुरा पढौ

नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागिकानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले निर्देशन दिनुभएको छ। आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधनहुनेगरी दर्तासम्बन्धि कानुनको तयारी गर्न र नेपाली उत्पादनलाईप्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ताभई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका… पुरा पढौ

लाइसेन्सको सर्भरमै विभाग र बिचौलियाको सेटिङ

कास्कीको यातायात कार्यालयमा १ हप्तादेखि काम ठप्प छ । कास्कीका लागि बिभागको सफ्टवेयरमा फारम भरेको १६ दिनमा भिजिट डेट दिइन्छ । यो ए, के, एफ र बि वर्गका लागि हो । अरु वर्गका लागि चाडै पालो आउँछ । तर दिनमै डेढ सयभन्दा बढी कैफियत देखिएका फारम लिएर सेवाग्राही कार्यालय पुग्ने गरेका छन् । २७ चैतमा बिचौलियामार्फत भरिएका फारम खारेज गर्दै लेखन सहयोगीका सटरमा छापा मार्ने तयारी थियो । तर, अचानक… पुरा पढौ

किशोरीका समस्या सुल्झाउने गण्डकी सरकारको वाचा

किशोरीको सशक्तीकरण र विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले जनाएका छन् । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सोमबार भएको अन्तरक्रियामा अधिकारीले यस्तो प्रतिवद्धता गरेका हुन् । नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्यान्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका ३५ किशोरीले आफूहरु काम गर्दा आएका विभिन्न विषयमा ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् । उनीहरुले मुख्यमन्त्रीलाई प्रदेश… पुरा पढौ

मार्क्सवादी ज्ञान केन्द्रको कार्यशाला

माक्र्सवादी ज्ञान केन्द्रले संस्कृतिक सम्पदालाई आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यशाला आयोजना गरेको छ । कार्यशालामा मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदालाई आयआर्जनसँग जोड्न खोज तथा अनुसन्धान गर्ने तकनिकीबारे सहजीकरण गरिएको थियो । ४३ जना सहभागी रहेको कार्यक्रममा कार्यक्रम संयोजक डा निमानन्द रिजाल र विशेश्वर कट्टेलले सहजीकरण गरेका थिए । त्यस्ता विषयमा अन्वेषणका लागि सहभागीलाई फारम समेत उपलब्ध गराइएको थियो । सो उक्त कार्यक्रमलाई व्यवस्थित बनाउन सहभागीको तर्फबाट तारा बराल सभापति, सविना प्रजा–… पुरा पढौ

जनप्रतिनिधिका छोराछोरी सरकारी स्कुलमा

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् । गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिकसत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले दुई छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा कक्षा २ मा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी –३ स्थित रामशाह माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं