अग्रज प्रगतिवादी साहित्यकार प्राडा रविलाल अधिकारीलाई पोखरेली साहित्यकार, बुुद्धिजीवीहरुले सम्झना गरेका छन् ।
गण्डकी साहित्य सङ्गम पोखरा, साहित्य शृङ्खला, पोखरा, प्रलेस, कास्की र प्रलेस गण्डकीले शनिबार आयोजना गरेको कार्यक्रममा अधिकारीको योगदान र जीवनीबारे चर्चा गरिएको हो । रविलालको फागुन १६ गते निधन भएको थियो ।
कार्यक्रमका वक्ताहरुले अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनले सिर्जनामा देखिएको बाटो अनुुशरण गर्नुु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने औंल्याएका थिए ।
कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, रघुनाथ अधिकारी, भवानीप्रसाद पाण्डे ‘भास्कर’, रामराज रेग्मी, गेहेन्द्रेश्वर कोइराला, प्राज्ञ नारायण मरासिनी, प्राडा यदुनन्दन उपाध्याय, प्राडा लक्ष्मीशरण अधिकारी, प्राडा यमबहादुर पौडेल क्षेत्री, प्रा तारानाथ बराल, प्रमाण अधिकारी, विकास लुङ्गेली, विजया सुवेदी, नारायण परिश्रमी, निर्मल सापकोटा, लीला पण्डित, शोभाकान्त गौडेल, सहित्यकारहरु नुमराज बराल, छविलाल आचार्य, सन्तोष पौडेल, लक्ष्मण गौतम, काजी गाउँले, अल्पविराम, ढाकामोहन बराल लगायतले लगायतले अधिकारीको साहित्यिक योगदानको चर्चा गरे ।
गण्डकी साहित्य सङ्गम पोखराका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत छविलाल सुवेदी, सञ्चालन यादवप्रसाद उपाध्याय र धन्यवाद ज्ञापन लक्ष्मी थापाले गरेका थिए ।




