Author Archive

भूकम्पमा नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । पुरा पढौ

मोबाइल चोर्नेलाई २२ दिन जेल

जिल्ला अदालत कास्कीले एक जनालाई मोबाइल चोरीको अभियोगमा २२ दिन जेल सजाय सुनाएको छ । कास्की जिल्ला अदालतले शुक्रबार अन्नपूर्ण ७ का दिपेश श्रेष्ठलाई जेलसहित जरिवाना हुने फैसला सुनाएको हो । २२ दिन कैद, दुई हजार जरिवाना र बिगो एक हजार सात सय २० रुपैयाँ तथा पीडित राहात कोष दुई सय बुझाउनुपर्ने फैसला भएकोमा जरिवाना बुझाउन नसक्दा दिपेश जेल चलान भएका हुन् । उनलाई शुक्रबार प्रहरीले अभियोग पत्रका साथ अदालत… पुरा पढौ

१५ सामुदायिक स्कुललाई महानगरले दियाे बस

पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट स्थित श्री कालिका माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो । सामुदायिक विद्यालयहरूको सबलीकरण सहित सुविधायुक्त बनाउने र शिक्षण सिकाइ क्रियाकलापहरूलाई उपलब्धिमूलक बनाउन यस प्रकारका गतिविधिहरू प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि महानगरले १७ बुँदे निर्देशन सहित सबै विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको उहाँले स्मरण गराउनुभयो । सुविधा… पुरा पढौ

पाेखरामा नया परियाेजना खाेज्दै एडिबी

युरोपियन युनियनका बाह्य निगरानी विशेषज्ञ एरियन होक्साले पोखरामा निर्माण हुने घर तथा भवनहरू ऊर्जायुक्त बनाउने विषयमा नगरप्रमुख धनराज आचार्यसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा यस सम्बन्धी परियोजना सञ्चालन तथा सहकार्यका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो । यस परियोजनाले नयाँबन्ने भवनहरूमा जलवायु अनुकूलन, रिट्रोफिटिंग, दिगोपना र नवीनतम प्रविधिहरूको प्रयोग र नवीकरणीय ऊर्जा स्रोतहरूको एकीकरणलाई बढवा दिने विश्वास गरिएको छ । बढ्दो सहरीकरण सँगै घर तथा भवनहरू निर्माणको क्रम तीव्र… पुरा पढौ

४५ वर्षअघि पनि पोखरा आउनुभएको थियो गुटेरेस

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार दिउँसो पुम्दीकोटबाट पोखरा उपत्यका, हिमाल र फेवाताल नियाल्नुभएको छ । सोमबार दिउँसो पोखरा आईपुग्नु भएका महासचिव गुटेरेसको यो दोस्रो पोखरा भ्रमण हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग महासचिव गुटेरेसले सन् १९७८ मा आफूले भ्रमण गर्दाको पोखराको सम्झना गर्नुभयो । महासचिव गुटेरेस विद्यार्थी हुँदा पोखरा भ्रमणमा आउनुभएको थियो । महानगर प्रमुख आचार्यसँग उहाँले पुम्दीकोटबाट देखिने हिमालहरुको उचाइबारे समेत जानकारी लिनुभएको छ । मेयर… पुरा पढौ

रामघाटको परम्परागत घटनजिकै विद्युतीय शवदाह गृह

पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह तयार भएको छ । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा शवदाह गृह बनाएको हो । गएको भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृहको शुक्रबार परीक्षणसमेत भएको छ । एक महिना जति परीक्षणका रुपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ । शुक्रबार दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको हो । संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर सुरज पौडेलले परीक्षण सकिनेबित्तिकै शवदाह… पुरा पढौ

गुटेरेसको भ्रमणः आज पाेखरा, भाेलि एबिसी, यस्तो छ २ दिने कार्यक्रम

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा आउँदै छन् नेपाली सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थलमा अवतरणपछि उनी सिधै फिस्टेल लजतर्फ जाने छन् । पोखराका लागि १ः२० मा काठमाडौँबाट प्रस्थान गरेका महासचिव गुटेरेस १ः५० मा पोखरामा अवतरण हुने छन् । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले विमानस्थलमा स्वागत गर्ने छन् । विमानस्थलबाट कारगेडमा उनी फेवाताल पारी रहेको फिस्टेल… पुरा पढौ

भलाममा १८ गतेबाट सेभेन ए साइड फुटबल

पोखरा–२०, भलाममा रहेको श्रृङ्खला क्लबले यही कात्तिक १८ गतेबाट खुला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । ‘हाम्रो भलाम, राम्रो भलाम’ भन्ने उद्घोषका साथ क्रियाशील क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको यो आठौं शृंखला हो । प्रतियोगितका विजेताले १ लाख ३१ हजार १ एक सय २१ र उपविजेताले ६५ हजार १ सय ६१ का साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । आठौं सेभेन ए साइड प्रतियोगिता संयोजक मीनबहादुर… पुरा पढौ

इजरायलमा ३ नेपाली विद्यार्थीको शव पहिचान

दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमणमा परी ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।  नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठ नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईको शव पहिचानका क्रममा छ ।  इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी… पुरा पढौ

पोखराको घैयाँखेतमा बस दुर्घटना

पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँ खेतमा दुर्घटना भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहितका अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । पोखरा १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो । चालकलाई नियन्त्रणमा लिइसकिएको विकले जानकारी दिए । ३ जनाको स्थिति गम्भीर रहेको पोखरा १७ का… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं