इजरायलमा ३ नेपाली विद्यार्थीको शव पहिचान

दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमणमा परी ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ । 

नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठ नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईको शव पहिचानका क्रममा छ । 

इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेकाे जनाएकाे छ ।  

हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुई जनालाई अस्पतालबाट ‘डिस्चार्ज गरिएको छ । डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा छन् ।