पोखराको घैयाँखेतमा बस दुर्घटना

पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँ खेतमा दुर्घटना भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहितका अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । पोखरा १७ छोरेपाटनबाट शान्ति स्तूप जाँदै गरेको ग१ख ८५८५ नम्बरको नगर बस सडकबाट करिब २० मिटर तल खसेको हो ।

चालकलाई नियन्त्रणमा लिइसकिएको विकले जानकारी दिए । ३ जनाको स्थिति गम्भीर रहेको पोखरा १७ का बासिन्दा युवक लामिछानेले जानकारी दिए ।