नेपाली राजनीतिका आशारामहरुलाई प्रश्न गरौं

एउटा सुन्दर र कोमल फूललाई थाहा हुँदैन भोली बिहान त्यो फूल पशुपती मन्दिरमा पूजाको लागी चडाउन लैजान्छन वा आर्यघाट्मा लासलाई चडाउन। यदी त्यो फूल पशुपतिमा चडाए भने प्रसादको रुपमा कसैको टाउकोमा आशिर्वादको रुपमा सम्मानित हुने छ भने लाशमा चडाइयो भने असुद्द भै बागमतीको फोहोरमा फालिने छ। नेपाली राजनीतिमा पनि नेपाली जनताको मत सत्तालिप्साका पुरेतहरुले लासमा चडाईएको फूल जस्तो बनाएका छन। ब्यक्ति र गुट स्वार्थले गर्दा हाम्रा पुरेतहरु उत्तर वा द्क्षिणको भकुण्डो भै नेपाली जनताको टाउको बजारी रहेका छन।

जिउदो रहदासम्म चिसो भुईमा सुताउने र चिसोको निमोनियाले मृत्यु पछी मृत्यु भएका बृद्द बा/आमाको न्यानोको लागि पुरेतलाई खाट दान गरे जस्तो नौटङ्की देखाएका छन। बा /आमा जिवित रहदासम्म उनिहरुले खाने तिउनमा भुटुन सम्म नहाल्नेहरु आज सुद्द घिउमा पिण्ड बनाई जनताको नजरमा मातृ-पित्रृ भक्तिको नाटक मन्चन गरेका छन। हामी अझै पनी यी र यस्तै नित्कृष्ट, दुष्ट र बेईमानहरुबाट सम्वृद्द नेपाल र शुखी नेपालीको आशामा एक वा अर्को भजन मन्डलीमा स्याल हुईय्या मिलाउदै छौ।

नेपालको संसदीय राजनीतिका प्र्मुख दुई झुण्ड मध्ये एउटाले “प्रजातन्त्र” को ट्यागमा र् अर्कोले “कम्यूनिष्ट” को ट्यागमा आ-आफ्नो खेती गरेका छन। अरु स्-साना संसदीय दलहरु सिरकमा पछ्यौरा लपेटिय जस्तो गरी रुमाललिएका छन। लुईस ब्लाकको सब्द सापटि लिदा एउटा खराव बिचारको छ भने अर्को बिचार बिहिन छ। यि दुबै एक सिक्काका दुई पाटा हुन। किनकी खराव बिचार र बिचार बिहिनबाट रणनितिक र कल्याणकारी राज्यको स्थापना हुँदैन। अहिलेको सरकारी नेकपा भित्रको लफडा पनि बिचार बिहिनताको लफडा मात्र हो।

ब्यक्ति र गुट स्वार्थले गर्दा हाम्रा पुरेतहरु उत्तर वा द्क्षिणको भकुण्डो भै नेपाली जनताको टाउको बजारी रहेका छन।

जब राजनीति दर्शन र बिचारबाट टाढिन्छ तव जे हुन्छ त्यसको ज्वलन्त उदाहरण हो नेपालको वर्तमान राजनीति। सम्सदिय राजनीति साच्चिकै ओस्कार एमरिंगरले भने जस्तै “एउटा यस्तो भद्र कला हो जहाँ गरिवलाई धनी र सामन्तको शोषणबाट मूक्तिको आश्वासन दिएर भोट लिन्छन र धनी एव सामन्तहरुलाई गरिव र् मजदुरहरुबाट रक्षा गर्दिन्छु भनी चन्दा लिन्छन।“ अन्तत: पैसाले सत्ता र शक्तिको खरिद -बिक्री हुने गर्दछ। अहिले सर्बोच्चले संसद पुनर्स्थापनाको फैसला पछी जनताको मतबाट “मनानिय” भएकाहरुको खरिद-बिक्री सुरु भयो भनेर मिडियामा आँफै भन्दैछन।

हामीले कुनै अमुक दल, त्यसका मुखिया, जिम्मवाल, ढोके, बैठके आदिले देश बिगारे भनेर उछिटो काड्ने, गाली गर्ने, सराप दिने गर्दछौ तर यिनिहरुलाई “असुमल” बाट “आशाराम बापु” बनाउने हामी नेपाली आफु काईदाका हौ भनेर भन्ने गर्दछौ। अहिले नेपाली राजनीतिको केन्द्रमा चुरिफुरी गर्ने आशारामहरु हामीले नै बिकास र् स्थापना गरेका हौ। हामीले आफ्नो आलोचनात्मक चेतलाई चट्क्कै छोडेर आफुलाई सचेत नागरिक होईन अमुक पार्टिको कार्यकर्ता बनाएका छौ। हामीले आफु कार्यकर्ता भएको दलको निती र नेतृत्व प्रती कहिल्यै प्रश्न गर्दैनौ।

दलका मुखिया र जिम्वालहरु अलिशान महलमा सयौ भाई-भारदारले घेरिएर बसेर भुई मान्छेका सपना देख्न सक्दछन ?

कसैले आलोचना गर्दा उल्टै अरिङ्गगाल बनेर आक्रमण गर्दा आफुलाई बहादुर ठान्दछौ। एउटा सचेत नागरिक हुनु भन्दा कुनै पार्टिको झोले कार्यकर्ता हुँदा गौरव महसुस गर्ने, आँफैले आफुलाई भगवान घोषणा गर्ने आशारामको भजन कृतन गर्ने, आफ्नै अनुयायीलाई बलत्कार गर्दा समेत उनै आशारामहरुलाई “आई लभ यु” भनी चार हात उफ्र्ने हामी कति ठीक कति बेठिक? के हामी सधैंभरी कसैको जय-जयकार गरी उनिहरुको स्वार्थ रक्षार्थ आफ्नो जीवन समर्पित गर्ने कि ठीक र बेठिक छुट्याएर आफुलाई सचेत नागरिक बनाउने? गम्भिर आत्मसमिक्षा गर्नु पर्दछ।

कुनै पनि राजनिती दर्शन वा सिद्दान्त जनताले देख्ने, सुन्ने, जनताको जीवनसँग जोडीएर ब्यबहारत: लागु हुनु पर्दछ। के नेपालको राजनीति जनतालाई केन्द्रबिन्दुमा राखेर सन्चालन भएको छ ? के नेपालको राजनीति दलका नेताहरु बृहत्तर सामुहिक उदेश्य प्राप्तिको लागि नेतृत्व गरी रहेका छन वा आफ्नो स्वार्थ र गुट्को लागि काम गरिरहेका छन ? सिद्धान्त:त जसको मुद्दा उसैको नेतृत्व हुनु पर्दछ। दलका मुखिया र जिम्वालहरु अलिशान महलमा सयौ भाई-भारदारले घेरिएर बसेर भुई मान्छेका सपना देख्न सक्दछन ? के हामीले जनताको मुद्दाहरुमा बिबाद वा गठवन्धन भएको देखेका वा सुनेका छौ?

देश र जनताको लागि जीवन अर्पण गर्ने पार्टी कार्यकर्ता रमिते बनाई टुप्पोबाट पलाएको बिचौलियाहरुले सत्ता र शक्तिको दोहन गर्ने बातावरण कस्ले बनायो ? मुखियाहरुको वर्तमान बिलासी जीवनशैलीको स्रोत के हो ? हिजो चप्पल पडकाउदै शहर छिरेकाहरु आज कसरी अरबौ सम्पत्तिको मालिक बने ? आफ्नै आँखा अगाडि यी सबै छर्लङै देख्दा समेत हामी किन मौन रहन्छौ? किन अझ पनि आशारामहरुबाट आशिर्वादको अपेक्षा गर्दछौ? आफुले आँफैलाई प्रश्न गर्नु पर्दैन ?

आज एउटासँग हल जोड्यो भोली अर्को सँग हल जोडन पुदछन। मालिकले जोसँग हल बाध्न आदेश दिन्छ उसैसँग साख्खै हुने यो कस्तो नेतृत्व हो ?

नेता वा नेतृत्वको आधारभुत गुणको आधारमा हाम्रा सम्सदिय राजनीतिक दलका मुखियाहरुलाई हेर्यो भने झन बैराग लाग्दो छ्। दुरदृष्टि केही छैन। आज एउटासँग हल जोड्यो भोली अर्को सँग हल जोडन पुदछन। मालिकले जोसँग हल बाध्न आदेश दिन्छ उसैसँग साख्खै हुने यो कस्तो नेतृत्व हो ? हुँदा हुँदै शेर बहादुर वा राजेन्दर समेत “कमरेड” बनाउन बिन्ती पत्र हाल्नु पर्ने कस्तो बिडम्वना!

ईमान्दारिता र निष्ठालाई सत्ता र शक्तिको मोहले राजनीतिको वर्गियतामा पनि रुपान्तरण भएको छ। जनताप्रतिको जवाफदेहिता, पार्दर्शिता, समानुभूति, रचनात्मक उत्प्रेरणा स्खलित हुँदा समेत पट्क पटक परिक्षण भैसकेका, म्याद गुग्रिएका र भ्रष्टाचारको धमिराले मक्किएकाहरु लाई धुरि बलो बनाई राख्दा भोली आफै किचिने जोखिम किन नजर-अन्दाज गर्दछौ? दिनभरी महिला अधिकारको भाषण गर्ने र साझमा स्वस्थानी वर्तकथा भाका हालेर पढने, बिहान राशिफल हेरेर कुन बिचौलिया सँग आज संगत गर्नु पर्द्छ भनी निर्क्योल गर्ने कमरेड होस् वा जोतिषीसँग जोखाना हेराएर प्रधानमन्त्री खाने प्रजातन्त्रवादीहरु बाट अब देशले निकासा पाउदैन।

असुमलबाट आशाराम भएका हुन वा कृष्णराजबाट सिद्दबाबा भएका हुन ति ढोगी र भोगी हुन। तिनिहरु प्रती प्र्श्न गरौ, तिनिहरुको अखडामा निगरानी गरौ र आफुले आँफैलाई प्रश्न गरौ। विकल्पको खोजी गरौ।