संकटको मुकाबिला र आर्थिक आत्मनिर्भरताको बाटो

आज संसार कोरोनाको महामारीको चेपेटामा परेको छ। त्यसमा पनि विकासन्मुख मुलुकहरु आर्थिक समस्याको कारण उन्नत स्वास्थ्य उपकरणका रोग पत्ता लगाउने र तिनीहरु आवस्यक पुर्बाधार पिपिइ र ज्ञान प्राप्त विशेषग्हिज्ञत भवन अभाबको कारण ठूलो जोखिममा छौ। जनताको स्वास्थ्य चेतना स्तर न्यून भएका कारण साबुन पानीले हात धुने, मास्क लगाउने, १ मिटरको दुरिको फरक रहने सामान्य ज्ञानसम्म छैन । हामी दुई विशाल मुलुकका बिचमा छौं । चीनमा घट्दो क्रममा भए पनि कोरोना अर्को छिमेकी मुलुक भारतमा बढ्दो क्रममा छ।

अर्कोतिर पूर्व तयारी नहुँदा विदेशबाट आएका मानिसको स्वास्थ्य परीक्षण छिटो गर्न नसक्नुको कारण रोग भुसको आगो जसरी फैलिने खतरा तेत्तिकै छ। श्रमको भरमा बाच्ने श्रमिक वर्ग लकडाउनका कारण विभिन्न सिमाना र देशको विभिन्न सहरमा अलपत्र देखिन्छन् । राष्टिय सहमति गरेर यी समस्याको हल गर्दा सरकारको जिम्मेवारी पनि पुरा हुने र बिना विवाद सहमतिले सरकारको परिपक्कताको सङ्केत गर्दछ। श्रमिक वर्गलार्इ राहतको प्याकेज घोषणा अबिलम्ब गर्नु आबाश्यक छ। नत्र कम्युनिष्ट पार्टिको सरकारको आभाष जनताले गर्दैनन् ।

राष्ट्र आर्थिक सङ्कटमा भएको बेला त्यसको सजिलोसँग हालको उपाय भनेको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषमा छुट्याएको रकम सङ्घिय, प्रदेस दुबैको लाई राहत कोषमा छुट्याउनु बुध्दिमानी ठहरिनुका साथै समस्या हल हुनेछ। ठूलो रुपमा नाफा लिएका निजी अस्पतालहरु अहिले सेवा बन्द गरेर बसेका छन् । तिनिहरुलार्इ अबिलम्ब सेवा सञ्चालन गर्न लगाउनु पर्दछ। सङ्कटका बेला राज्य र सरकारलार्इ सहयोग नगर्ने अस्पताल स्वास्थ्यकर्मीलाई कारवाहीको दयरामा ल्याउनु पर्दछ। देशभरी रहेका स्वास्थ्यस्यम्सेविकाहलाइ स्वास्थ्य चेतनामुलक कार्यक्रम ल्याएर जनताको स्वास्थ्य रिपोर्ट लिनु र त्यही अनुरुप कदम चाल्नु पर्दछ। सम्पुर्ण जिम्मेवार, पार्टी कार्यकर्तालाइ स्वयंसेवकको भूमिका दिनुपर्छ ।

जनता मरेमरुन तर उत्पादन रोकिनु हुँदैन भनेर बहुराष्ट्रिय निगमका पक्षमा लागेका देखिन्छ। त्यहाँ मानवताको गुन्जायस छैन। आउने वर्ष वित्तिय सङ्कट सन १९३० र २००८ को भन्दा बढी हुने देखिन्छ।

आज विश्वभरी कोरोनाले आतङ्क सिर्जना गरेको छ। सम्पुर्ण विश्वभाइचारा सम्बन्ध कायमगरी अगाडि बढनु पर्ने बेला एकाधिकारवाद वित्तीय पुजिवाद बहुराष्टिय निगमका नाइके अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग नगर्ने घोषणा गरेको छ। आफ्नो वित्तीय सङ्कट हल गर्ने योजनामा लागेको छ। वातावरणलाइ प्रदूषण गर्ने नाफाको रुपमा श्रमिकको अतिरिक्त मूल्य र तेश्रो मुलुक कच्चा पदार्थ र श्रम शोषण गर्दा पनि वित्तिय सङ्कट देखि भाग्ने निश्चित देखिन्छ। आज एकाधिकारवादी पुजिवादका मतीयारहरु एक अर्कोलाइ सहयोग गरेको देखिदैन। त्यतिमात्र होइन, जनता रक्षा भन्द पनि वित्तिय सङ्कटबाट तर्सेका छन्। जनता मरेमरुन तर उत्पादन रोकिनु हुँदैन भनेर बहुराष्ट्रिय निगमका पक्षमा लागेका देखिन्छ। त्यहाँ मानवताको गुन्जायस छैन। आउने वर्ष वित्तिय सङ्कट सन १९३० र २००८ को भन्दा बढी हुने देखिन्छ।

त्यस कारण अब मुलुक चलाउने भनेको कृषि, पर्यटन, जडिबुटि लाइ आधुनिकीकरण र व्यबसायिकीकरण गरी उर्जा शक्ति अत्यधिक उत्पादन गरी त्यसको प्रचुर प्रयोग औद्योगिक करण र यातायतमा लगाउन सकेको खन्डमा देश आत्मनिर्भर हुन सक्छ।समृद्ध नेपाल, सुखी नेपानीको नारालाइ सार्थकता दिन सकिन्छ।सुधारवादी सोचबाट निकास सम्भव छैन। साम्राज्यवादी पुजि लिएर देश विकास गर्न सकिँदैन। उनिहरुको सर्त पूरा गर्नु पर्छ।सर्त पूरा गर्दा आफ्नो अनुकुल विकास सम्भव छैन।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।