ताजा समाचार

श्रावण ३१ गते २०७६

नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा

नेपाला कम्युनिष्ट आन्दोलन निकै सङ्कटपूर्ण अवस्थामा आइपुगेको छ । कुनै समय नेपालमा मार्क्सवाद लेनिनवाद माओवाद मान्ने दर्जनौ पार्टी थिए । हाल आएर प्राय सबै पार्टी समुहहरुले माओवाद छाडिसके । अहिले मार्क्सवाद लेनिनवाद माओवाद माओ बिचारधारा मान्न जे जति पार्टी समुहहरु छन् यी सबै २०२९सालमा गठन भएको केन्द्रीय न्युक्लियर्सको बिरासतमा बनेका पार्टी समुहहरु मात्र हुन् । यिनीहरु बीचको कार्यनीतिक अन्तरले गर्दा यिनीहरु बिच पार्टी एकता सम्भव भएको छैन ।

हुन त अनुभववाद मार्क्सवाद होइन भनिन्छ । दर्शनशास्त्रको इतिहाँसमा हेतुमात्र भर्पर्दो हुन्छ र इन्द्रिय (ग्राह्य भनुभव चाहिँ भरपरदो हुदैन भन्ने ूविचारवादी ू शाखा छ । तर माओको भनाई अनुसार सबै सही ज्ञान प्रत्यक्ष अनुभव बाट उब्जन्छ । तर मानिसलाई हरेक कुराको प्रत्यक्ष अनुभव हुन सक्तैन ,तथ्यकुरा त के हो भने हाम्रो धेरैजसोज्ञान परोक्ष भनुभववाट प्राप्त हुन्छ, यी हुन् उहिलेका र विदेशका सबै ज्ञान । हामीले परोक्ष प्राप्त गर्ने ज्ञान पनि कसैको प्रत्यक्ष अनुभववाट बनेको ज्ञान नै हो ।

याहाँ मैले प्रत्यक्ष अनुभव गरेको जुन नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय न्युक्लियर्स देखि हालसम्म यसै पार्टीका बिरासतमा बनेका समुहहरुमा रहि जुन अनुभव प्राप्त गरे यसैका वारेमा वताउन गै रहेको छु । म यस पार्टीको केन्द्रीय नेतृत्वमा नरहे ता पनि पार्टी गठन भएदेखि हालसम्म यसपार्टीका प्राय सबै महाधिवेशन राष्टिय सम्मेलनहरु भेलाहरुमा भाग लिने मौका पाएको थिए । यी सम्मेलन भेलाहरुमा आएका र छलफल भएका कार्यदिशाहरुका बारेमा भएका तर्कबितर्कहरु अझै मेरा दिमागमा खेलिरहेका छन् ।पार्टी गठन गर्दा गद्दार पुष्पलाल भन्ने राजनीतिक दस्ताबेज थियो । चौथोमहाधिबेशनमा देशभक्त र जनतान्त्रिक शक्तिहरुको सरकार कार्यनैतिक नारा थियो । पाँचौ महाधिबेशनमा सत्ता जनतालाई हस्तान्तरण गर भन्ने नारा पास भयो । के यी कार्यनीतिहरु निर्माण गर्ने नेता वा नेतृत्वलाई क्रान्तिकारी नेता मान्न सकिन्छ कि सकिँदैन रु

हाल दलालपुँजीवादमा पतन भएका प्रचण्डले तत्कालिन समयमा दीर्घकालिन जनयुध्दको बाटो नलिएको भए चौथोमहाधिबेशनमा केन्द्रीय नेतृत्वमा चयन भएका कुनैब्यक्तिको नेतृत्वमा दशबर्से जनयुध्द हुने सम्भावना थियो रु दशबर्से जनयुध्दको हिरो प्रचण्ड नै हो । द्वन्द्ववादको नियम अनुसार राम्रो खराब र खराब राम्रोमा परिणत हुन सक्दछ, प्रचण्डले दोस्स्रो राष्टिय सम्मेलनमा नयाँ जनवादका सट्टा गोलमेच सम्मेलन अन्तरिम सरकार संविधान सभाको संशोधनवादी कार्यनीति ल्यउदा यो मार्क्सवाद लेनिनवाद माओवादमा नया आयाम हो भन्दै मार्क्सवाद लेनिनवाद माओवादमा प्रचण्डपथ थप्ने र मार्क्स लेनिन र माओको समकक्षमा प्रचण्डलाई राख्ने नेतृत्वले कसरी राता(रात क्रान्तिकारी कार्यनीति बनाएको होला सबै क्रान्तिकारीहरुले बिचार पु(याउनु पर्ने देखिन्छ । डिलैभए पनि प्रचण्डको झद्म नवसंशोधनवादका बिरुध्द आवज उठाउनुलाई सकरात्मक रुपमा लिनु पर्ने हुन्छ । संबिधानसभाको चुनाभ पछि प्रचण्डका मतको बिरुध्द जनयुध्दको जगमा जनबिद्रोहको कार्यनीति आयो यस कार्यनीतिमा बहुमत भएपछि पार्टीलाई नेतृत्व दिने कि मिल्ले(मिल्लेलाई लिएर सोही कार्यनीतिमा छुट्टै अल्पमतको पार्टी बनाएमा क्रान्ति हुन्थ्यो यसलाई के भन्ने ।

हाल चथौमहाधिबेशनको बिरासतमा वनेका नेकपा मसाल, नेकपा ९क्रान्तिकारी माओवादी० र नेकपा गरि तीन पार्टी पार्टीगत रुपमा र अन्यकेही समुहगत रुपमा छन् । मसाल अझै चौथोमहाधिबेशनकालमै छ यसले अहिलेको दलालपुँजीवादी सरकारलाई जनवादी नै मान्दछ । यसले सरकारलाई नैतिक समर्थन गर्दछ । यसको कार्यनीति बारेमा सबै स्पष्ट नै छ । अब पार्टीगत रुपमा रहेका नेकपा ९ क्रान्तिकारी माओवादी० र नेकपा बीचको कार्यनीतिलाई राम्रोसंग अध्ययन गरेमा एउ निष्कर्षमा पुग्न सकिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी ० को अहिलेको कार्यनीति नारा शहरी आम शसश्त्र बिद्रोहद्वारा नयाँ जनवादी सत्ता स्थापना गर्ने हो भने नेपाल कम्युनिषट पार्टीको कार्यनीतिक नारा एकीकृत जनक्रान्ति द्वारा बैज्ञानिक समाजवाद स्थापित गर्ने हो । यी दुबै कार्यनीति नयाँ हुन् । समग्र माओवादी एकै ठाऊमा छदा जनयुध्दको जगमा जनबिद्रोहको कार्यनीति पासभएको थियो । आम पार्टीको सोही नारा लिएर अल्पमतको नेपाल कम्युनिष्ट पार्टी ड्यास माओवादी गठन भएको थियो । यसले सातौ महाधिबेशशनमा सोही कार्यनीति पास गरेको थियो । सोही कार्यनीति अनुसार क्रान्ति असम्भव छ भन्दै पार्टीको मर्दया क्रममा पाँचौ नम्वरमा रहेका क। विप्लवले नेपाल कम्युनिष्ट पार्टी पुनस् पुनर्गठन गरे ।

हाल नेपाल कम्युनिष्ट पार्टी ९ क्रान्तिकारी माओवादी० ले तय गरेको राजनैतिक कार्यदिशा कुनै नौलो होइन । यो कार्यदिशा चौथोमहाधिबेशनका एक हस्ती क। निर्मल लामाले ल्यएको कार्य दिशा हो । हेर्नुहोस तत्कालिनसमयमा क। निर्मल लामाले पार्टीमा छलफलका लागिल्यएको नेपालमा जनवादी क्रान्तिको कार्य दिशा भन्ने दस्ताबेज । उक्त दस्ताबेजमा जनसेना जनकम्युन आधार इलाका आदिको कुनै आवस्यकता छैन । कम्युनिष्ट पार्टीले सबै खालका चुनावहरुमा भाग लिएर जनमत तयार गर्नु पर्छ । जब जनताले शसक्त भएर आफै बपद्रोहमा उत्रन्छन् त्यस समयमा पार्टीले नेतृत्व आफ्नो हातमा लिएर जनवादी क्रान्ति पूरा गर्नु पर्छ । शब्द आडम्वरले र दर्शन राजनीतिको जति खोल ओडाए पनि सारमा क। लामाको लाइन र हालको नेपाल कम्युनिष्ट पार्टी ९ क्रान्तिकारी माओवादी ० को कार्यदिशामा खासै फरक देखिदैन ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले हालको नेपालको राजनीतिक सामाजिक आर्थिक परिवर्तन र विश्वमा भएको प्राविधिक विकास आदिका कारण र हाल नेपालमा स्थापना भएको दलालपुँजीवादी सरकारका गतिबिधिले गर्दा पुरानै तरिकाले क्रान्ति सम्पन्न गर्न सकिँदैन । सर्बहाराको अधिनायकत्यमा किसान मदुरको एकताले मात्र अबको क्रान्ति सम्पन्नहुन असम्भव हुँदै गएको छ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...