ताजा समाचार

वैशाख १ गते २०७६

मंदिर मन र मान्छे

मंदिर गुम्वा विहार मठ चैत्य नेपालका मात्र नभै विश्व कै सम्पदा हुन् । यस्ता ठाँउ आस्था र विश्वासको धरोहर पनि हुन् । धार्मिक, साँस्कृतिक, एेतिहासिक, पुरातात्त्विक आदि जुनसुकै दृष्टिकोणले पनि यस्ता वस्तुहरुको महत्व रहदै आएको छ; रहने छ । नेपाललाई हिन्दु राज्य बनाई धार्मिक पर्यटक भित्राइ आर्थिक उन्नति गर्ने आवाज पनि सुनिदै आएको छ । नेपालका मंदिरहरु धनी हुदाहुदै पनि यिनीहरूको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । सम्माननीय र श्रीमान् बस्ने जग्गा समेत बेचिसकिएको समाचार आईरहदा गुठीको जग्गाको कुरा गर्नु अलि बढी नै हुन्छ । अहिले संविधानदेखि स्थानीय निकायका मुखमा सम्पदाको संरक्षण सम्वर्धन र विकास गर्ने कुरा झुण्डिएको छ । पर्यटकहरुलाई आकर्षण गर्ने एउटा माध्यम कला सस्कृति पनि हो ।

कलात्मक झ्याल ढोका टुडालहरुमा पर्यटनकका क्यामरा सोझिएका देखिन्छन् । मंदिरमा चडाएको भेटी खजनामा पनि धेरैको माहादेवको तेस्रो नेत्र पुगिरहेको छ । मंदिरको मुर्ति क्रेनले तानेकोदेखि मुर्तिहरु विदेशी म्युजियममा पु-याई सकेको खवर पनि सुनिदै आएको हो ।

जल ,जंगल,जमिन,जवान, जालसाजी र जमानइनामको बेचविखन भैरहेको ठाँउमा मंदिरको कुरा सानै हुन आउछ । राष्ट्र निर्मातामा दलबर्दन शाहले भने झै – हाम्रा सन्तान कालन्तरमा खोलाको तीरमा हलो जोतेर खाउन् भन्ने छ । हामीले अर्को जन्मको लागि कार्य गरेका हौ । हाम्रो खेलो चार वर्षको लागि मात्र हो । यस्ता एक थरिकाको भनाइ छ भने अर्को थरि भन्ने गर्दछन् – के हामीहरुले ठालुलाई मात्र उँघो लाग्नु पर्छ भन्ने छ । कोठाको भाडा मासिक पन्ध्र हजार लाग्दछ । राष्ट्रसेवा भन्दैमा कोरा तीस हजार खाएर के डार्विनको डाइनोसर हुनु छ ? अहिले बिज्ञान र प्रबिधिको विकासले खेति गर्न माटो नै चाहिन्छ भन्ने छैन । पानी र हावामा पनि खेति गर्न सकिन्छ । काम गर्ने कालू मकै खाने भालु भने झै बीचैमा रोजगारी सिर्जना गर्ने वर्ग पनि ठूलै छ । यिनीहरुलाई बिचौलीया नभनि बीचैमा खेति गर्ने प्राविधिक स्वरोजगार भन्नु सभ्य होला । खौवा बिलोको लागि कुरी बस्ने पनि धेरै छन् । रोग ,भोक, शोक ,वाद ,तर्क ,वितर्क, युद्ध ,सत्रु, सपना र विपनाको दुष्सचक्रमा फसेको वर्ग सबैभन्दा ठूलो छ ।

याहाँ चर्चा गर्न खोजिएको बिषय धेेरै सानो छ । हामी जुनसुकै मंदिर भित्र जादा जुत्ता फुकाल्ने गर्दछौ । जुत्ताको माला लगाउने भनेको साह्रै अपमान गरेको मानिन्छ ।यातायातका साधनहरुले कसैलाई ठक्कर दियो वा यमलोकैमा पु-यायो भने उक्त साधनको अघितिर सबैले देख्ने गरि सजाय स्वरुप निश्चित अवधिको लागि जुत्ता झुण्डाइन्छ । हाम्रो देशका विभिन्न ठाँउमा रहेका मंदिरहरुको सजावट र पूजा विधि फरक फरक रकेको पाइन्छ । मालिका माई बहिरी भएकाले ठूलो ठूलो स्वरले चिच्चाएर वर माग्नु पर्ने प्रचलन छ । देवतालाई सामन्यत: फूल चडाइन्छ । तर ढुङ्गेदेवीलाई फूलको सट्टा ढुङ्गा जडाउने गरिन्छ । नेपालमा रहेका केही मंदिरहरुको अवस्था चैतको बादरको जस्तो छ । नेपालमा एउटा यस्तो भव्य मंदिर छ जुन मंदिरमा चदुवा तोरणले परिबिष्टित गर्नु पर्ने ठाँउमा सयौं जोर जुत्ता र चप्पल झुण्डाइएको छ । विद्यालयका विद्यार्थीलाई हाजिरी जवाफमा, लोकसेवा र शिक्षक सेवा आयोगका परीक्षामा पनि यो कुन मंदिर हो ? भनि प्रश्न सोध्नु राम्रो हुन्छ । यस प्रश्नको उत्तर दिन सजिलो होस भनि यस्ता संकेतहरु दिन सकिन्छ । यो मंदिर काठमाण्डौको व्यास्त ठाँउमा रहेको छ । दैनिक सयौ मानिस यो मदिरको अघि खुट्टा छोएर निहुरिन्छन् । धेरैले अनुमान गरि सक्नु भए होला । यो मंदिर असनको कृष्ण मंदिर हो । कसैले कृष्णका हजारौे गोपिनीहरु भएकाले तिनीहरूले लगाउने जुत्ता र चप्पल त होइनन् ? व्दापर युगमा नै हिल जुत्ताको आविष्कार भएको रहेछ भन्ने लाग्दछ ।

यो पंतिकार उक्त स्थानमा पुगि पहिले जुत्ता व्यापारीलाई यसरी मंदिरमा जुत्ता चप्पल झुण्डाउनु राम्रो हो त भनि सोधेको प्रश्नको उत्तरमा उनले भने- मैले गरि खाएको रीस गर्ने, मैले कति जनालाई पैसा तिरेको छु भनि व्यस्ततावीच पनि रिसाएर भन्न भ्याए । जनिकका एकजना व्यापारीलाई यहि प्रश्न सोध्दा नलगाएका जुत्ता चप्पल राख्दा केही नहुने बताए । जुत्ता त खुट्टामा नाप्दै राख्दै गरिएका छन नि ? एकैछिन लगाएर के भयो त, फोहर भएको हुदैनन् । तपाइँको पसलमा कोपरा छ साहु जी? मैले सोधे । छैन । नयाँ कोपरामा तपाइँलाई भात खान दियो भने के खानु हुन्छ ? मेरो कुरा सुने पछि नबुझिने गरि आफै गुनगुनाए । उनले जे भने पनि उनी मप्रति रिसाएको प्रष्ट देखिन्थ्यो । मैले बाटो हिडिरहेका एकजना भलाद्मीलाई सोधे- यसरी मंदिर वरिपरि जुत्ता झुण्डाउनु राम्रो हो त दाइ ? उनले आफ्नो चोर औला मुखमा तेर्साए । म उनको पछि लागेर केही पर पुगे पछि फेरि सोधे – मेरो कुरा गलत छ त दाइ ? गलत छदै छैन । तर केका देशमा आँखा चिम्लनु , केका देशमा खुट्टा खोच्चाउनु भन्दछन् नि भाइ । फरक क्षमता भएका लागि सम्मान गर्नु पर्छ दाइ ।आँखा नदेख्नेको सामु किन आँखा चिम्लनु प-यो । बरु उखानै फेरौ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...