समाचार

बञ्चरो प्रहारबाट १ को मृतु अन्य २ घाइते

मकवानपुरमा आपसी झगडाका क्रममा अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका हुन् । पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । पाख्रिनले… पुरा पढौ

भरतपुरका एक कैदीको उपचारको क्रममा मृत्यु

कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् । क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन ३० गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन ३० गते बिहीबार, इस्वीसंवत अक्टोवर १७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको चतुर्थी तिथि रातिमा ४ बजेर ४० मिनेटसम्म त्यसउप्रान्त पञ्चमी तिथि लाग्नेछ । आज कृतिका नक्षत्र अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा वरियान, करणमा वणिज रहनेछ भने… पुरा पढौ

कात्तिक २ गते राजपाको धनुषा बन्द

विमानस्थल तोडफोड आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध राजपा धनुषाले जिल्ला बन्दको आह्वान गरेको छ। राजपा धनुषा अध्यक्ष मण्डलको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। सांसद साह पक्राउको विरोधमा कात्तिक २ गते शनिबार धनुषा जिल्ला बन्द गर्ने निर्णय गरिएको राजपा जिल्ला संयोजक प्रमोद यादवले जानकारी दिए। बिहीबार नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गर्ने निर्णय भएको छ। कात्तिक १ गते साँझ मशाल… पुरा पढौ

गुल्मी कारागारमा कर्मचारी अभावका कारण समस्या

गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ । कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कूल सङ्ख्याको २० प्रतिशत मात्र हो । कारागारमा बाँकी ८० प्रतिशत कर्मचारी नै छैनन् । कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरीदार, एक सहलेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ । तर अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन २९ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन २९ गते बुधबार, इस्वीसंवत अक्टोवर १६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको तृतीया तिथि रातिमा ४ बजेर ४० मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज भरणी नक्षत्र अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा वरियान, करणमा वणिज रहनेछ भने… पुरा पढौ

पोखरा चेम्बर अफ कमर्समा शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय मुद्दालाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन् । उनले आर्थिक समृद्धि र दिगो विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गरे । विजयादशमी, दीपावली, नेपाल संवत ११४० र छठ पर्व २०७६ को पोखरा चेम्बर अफ कमर्स कास्कीले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम मुख्यमन्त्री गुरुङले पछिल्लो समयमा आर्थिक वृद्धिदर हासिल गर्नेमा नेपाल दक्षिण एसियामा दोस्रो राष्ट्र रहेको दावी गरे… पुरा पढौ

साथीलाई छुरा प्रहार गर्ने युवा पक्राउ

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । भुजेलको आजै जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी… पुरा पढौ

गैँडाको आक्रमणम परी एक जनाको मृत्यु एक जना घाइते

गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बखत तामाङको आक्रमणमा परी मृत्यु भएको उक्त सामुदायिक… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन २८ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन २८ गते मंगलबार, इस्वीसंवत अक्टोवर १५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिक कृष्णपक्षको द्धितीया तिथि रातिमा ४ बजेर ४० मिनेटसम्म त्यसउप्रान्त तृतीय तिथि लाग्नेछ । आज अनुराधा नक्षत्र अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा तैतिल रहनेछ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं