“सभ्य समाजको निर्माण ,हामी आफैबाट” भन्ने मुल मन्त्र बोकेको गुल्मी रेसुंगा युवा क्लब पुनर्गठन भएको छ । समितिको अध्यक्ष गोकर्ण बराल, सचिव दीपक पोख्रेल, सह(चिव बिष्णुबहादुर गुरुङ्ग र कोषाध्यक्ष अनिल मरासिनी छन् ।
क्लबका सदस्यमा ठाकुरप्रसाद मरासिनी, तुलबहादुर पुन मगर, कुमारी पुन मगर, सोभाखर मरासिनी सुबास, भबिश्वर मरासिनी, सपना मरासिनी र शम्शेर गुरुङ्ग छन् । उपाध्यक्ष र बाँकी सदस्य कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ ।
वि।सं। २०७५ साल जेष्ठ महिनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भइ भएको क्लब स्थापनाको समयमा साविकको अर्खले–०२ मा मात्र कार्यक्षेत्र रहेकोमा रेसुङ्गा नगरपािलका वडा नंं। ०६ भरी बिस्तार गरिएको छ ।
विभिन्न सामाजिजक कार्यमा अग्रसर रहदै आएको यस क्लव वडा कार्यालय लगायत अन्य संघ सस्थाबाट पटक पटक सम्मानित भएको छ ।
विजयादशमी तथा दिपावलीको अवसर पारी यस क्लवले सप्तमीका दिन जेष्ठ नागिरक सम्मान ,शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा १ दर्जनभन्दा बढी जेष्ठ नागरिकलाइ सम्मान गरिएको थियो ।






