नेकपा पोखरा २२ मा शुभकामना आदानप्रदान

नेपाल कम्युनिस्ट पार्टी नेकपाले पोखरा २२ पुम्दीभुम्दीमा बिजयादशमी, दिपावली, छठ, नेपाल संवत जस्ता चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ।

कार्यक्रममा प्रदेश सांसद राजिव पहारीले हिंसा , अत्याचार, शोषण ,दमन खराब प्रवृत्तिलाई हटाएर सद्भाव एकताको उत्सवमा चाडपर्व मनाउनुपर्ने बताए । पहारीले समाजमा भएका यस्ता विकृतिलाई हटाउन नै नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको बताए। उनले सबै कम्युनिस्ट एक भएको र बिस्तारै देश समाजवादमा उन्मुख भएको बताए।

प्रदेशसभा सदस्य पहारीले आफ्नो नाममा प्रदेश सरकारले दिने ६ करोड रुपियाँ वैज्ञानिक तरिकाले खर्च गर्ने प्रतिवद्धता गरे।नेकपाले व्यक्ति होइन, विचारलाई आत्मसात् गर्ने जकिरसमेत उनले गरे। उनले भने, चुनाव जितिसकेका हामी रातो कार्पेट मा हिँड्दा चिप्लिन सक्छौ जनताले सदैब खबरदारी गर्नुपर्छ ।

नेकपा प्रदेश सभा सदस्य केशव पौडेलले चाडपर्व सद्भावले मनाउन आग्रह गर्दै मुलुकमा आमूल परिवर्तन हुने गरी काम गर्न आग्रह गरे ।

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले वडाका योजनामा सकारात्मक सहभागिता जनाई उपभोक्ता समिति र हरेक योजनाको प्रतिनिधिले व्यक्तिगत स्वार्थमा नलागी काम गर्नुपर्ने बताए । यसका लागि पाटीले निरन्तर अनुगमन , सरसल्लाह र पार्टीका तर्फबाट सहयोगको अपेक्षा राखेको बताए। ।

पूर्व प्रमुख जिल्ला अधिकारी तथा शुक्रराज माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरहरि बरालले पाटीभित्रको गुटबन्दी हटाउन र पार्टीलाई नितिनियममा हिँडाउन आवश्यक भएको बताए ।

नेकपाका २२ का अध्यक्ष चण्डीका बरालले पार्टी एकतापछि केन्द्रदेखि वडासम्म नेतृत्व बाँडफाड भएलगत्तै हुन लागेको उपचुनाव परीक्षणको घडी भएको उनको भनाइ छ ।

वडा महिला समन्वय कमिटी अध्यक्ष बुद्धिमाया गुरुङले आफ्ना श्रीमान्को स्मरण गर्दै कम्युनिस्ट एकताले पतिको सपना साकार भएको जनाइन् । नेकपा नेता लीलाधर पौडेलले जनप्रतिनिधिलाई चुवावी एजेन्डाभित्र रहेर जनताको मन जित्न आग्रह गरे।

कार्यक्रम सञ्चालन नेकपा २२ का सचिव त्रिलोचन बरालले गरेका थिए।