ताजा समाचार

कार्तिक १ गते २०७६

खुल्यो राष्ट्रिय आविष्कार केन्द्र

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ।

त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो। करिब ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो।

केन्द्रका अध्यक्ष समेत रहेका पुनले नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन केन्द्र खोलिएको बताए ।