समाचार

वडा नं. १६ वडास्तरीय ब्याडमिन्टन च्याम्पियन

पुरुष एकल र पुरुष डबल्स तर्फ स्वर्ण तथा रजत पदक जितेपछि महानगर वडास्तरीय व्याडमिन्टन च्याम्पियन पोखरा महानगरपालिका वडा नं १६ बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल, पुरुष डबल्स तर्फ स्वर्ण पदक जित्दै वडा नं १६ च्याम्पियन बनेको हो । पोखरा रंशगालास्थित व्याडमिन्टन कभर्ड हलमा मंगलबार भएको फाईनल प्रतिस्पर्धामा पुरुष एकल तर्फ विशाल खड्का(१६)ले आफनै वडाका ईशान खड्का(१६)लाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै… पुरा पढौ

वल्र्डलिंकसँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य

वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा अनलाइन पत्रकार संघ गण्डकी मार्फत आएका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले इन्टरनेट जडान सुविधा निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ । निशुल्क… पुरा पढौ

अमरसिंहचौरमा पुस २८ बाट पोखरा महोत्सव

युनाइटेड क्लब पोखराले ११ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको छ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ अघि बढेको क्लबले पुस २८ देखि माघ ९ गतेसम्म अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा महोत्सव गर्न लागेको हो । क्लबका अध्यक्ष तथा मुल आयोजक समिति संयोजक राजु श्रेष्ठले स्थानीय उत्पादन तथा पर्यटन प्रवद्र्धनका अलवा आर्थिक समृद्धिका लागि गरिने महोत्सवको आम्दानीबाट गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि १२ सामुदायिक विद्यालयमामा छात्रवृत्ति… पुरा पढौ

सङ्घर्षशील–सिर्जनशील असफल र प्रिन्सा सम्मानित

अम्बिका–भागवत फाउण्डेशनले दोस्रो वार्षिक साधारण सभाका बीच सङ्घर्षशील र सिर्जनशील प्रतिभा सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।फाउण्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार–२०७८ बाट सङ्घर्षशील सामाजिक अभियान्ता असफल गौतम सम्मानित भएका छन् । हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कारको राशि २५ हजार एक सय ५१ रहेको छ । यस्तै सिर्जनशील सामाजिक पुरस्कारबाट बाल अभियान्ता प्रिन्सा रेग्मी सम्मानित भएकी छन् । सोही अवसरमा प्रेन्सा ट्रष्टका लागि छ हजार एक सय… पुरा पढौ

गुप्तेश्वर महादेव क्याम्पसको साधारणसभा

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ छोरेपाटनको १२ औं साधारण सभा शनिबार भएको छ । पर्यटकीय स्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका बिभिन्न संकायमा ७ सय ७२ विद्यार्थी छन् । तीमध्ये ५ सय ७ छात्रा छन् । गुप्तेश्वर गुफाले खरिद गरेको लगभग छ रोपनी जग्गामा करिब ६ करोड लागतमा ३ तला नवनिर्मित भवनमा पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख धर्मराज… पुरा पढौ

बाख्रापालनपछि साबुन उद्योग खोल्दै स्मार्ट सहकारी

पोखरा ८ सिद्धार्थचोकमा रहेको स्मार्ट उत्पादन सहकारीले पोखरा २२ पुम्दीभुम्दीमा बाख्रापालन सुरु भएको छ । चाडै दूध प्रशोधन केन्द्र र साबुन उद्योग खोन्ने तयारी भएको शनिबार आयोजित दोस्रो वार्षिक साधारण सभामा जानकारी दिइयो । ३ वर्षअघि स्थापना भएको यो सहकारीमा हाल १ सय २१ महिलासहित २ सय ८२ सेयर सदस्य छन् । सभामा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सहकारीलाई लक्ष्य र उद्देश्य अनुरुप उद्यमीको संगठनको रुपमा सहकारी आवश्यक… पुरा पढौ

मनबहादुर एमाले कास्की कार्यवाहक अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मनबहादुर गुरुङलाई दिइएको छ ।एमाले कास्की अध्यक्ष कृष्ण थापा नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य निर्वाचित भएपछि उक्त पद खाली थियो । थापाले गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिदै पदास्थापना गराएका छन् । गुरुङले कास्कीलाई एक उच्च गतिमा लाने पार्टीको काम, जनसेवामा गुनासो नआउने गरी काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । कार्यक्रममा नेकपा(एमाले)का केन्द्रिय कमिटीका सदस्य एवं कास्कीका इन्चार्ज भीम… पुरा पढौ

कर्णालीका मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित

नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणना अनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् । सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरी पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भइ । कर्णाली प्रदेशका मुख्यमन्त्री्समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन्… पुरा पढौ

सहमहामन्त्रीमा देवराज हराउँदै किशोर विजयी

नेपाली काँग्रेसको खस–आर्यतर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा पक्षका किशोरसिह राठौर निर्वाचित भएका छन् । शुक्रबार आएको सहमहामन्त्रीको मत परिणाम अनुसार राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर २५७६ मत ल्याएका छन् भने देवराज चालिसे २०५९ मत ल्याएका छन् । गएको निर्वाचनमा कास्की २ बाट पराजित चालिसे कास्कीका प्रभावशाली नेता हुन् । उनले कांग्रेस गण्डकी सभापतिमा उम्मेदवारी घोषणा गरेर पनि मनोनयन दर्ता गराएका थिएनन् । सहमहामन्त्रीमा पराजित भए… पुरा पढौ

शेखर प्यानलबाट कास्कीका जीवन परियार सहमहामन्त्री

नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई ३७ मतले पराजित गरे । डा शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१५ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मतमात्र पाए । गंगा सुनारको मत २२९ छ । यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं