पोखरामा लायन्सको १० औं महाधिवेशन

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको १० औं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बरसिं गुरुङ संयोजक रहेको ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

समितिको सह–संयोजकमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका पूर्व अध्यक्ष मिलन थापा, लायन्स क्लब अफ हेम्जाका पूर्व अध्यक्ष मोतीराज तिमिल्सिना र लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष पुजन शाक्य छन् ।

सदस्य सचिवमा लायन्स पोखरा लेखनाथ मधुसुदन कोइराला, कोषाध्यक्ष पोखरा युनाइटेड चौतारीका पूर्व अध्यक्ष राजु श्रेष्ठ छन् । सदस्यमा पोखरा सृजना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरि भण्डारी र पोखरा फेवा फूलबारीका संस्थापक अध्यक्ष शंकरबहादुर जी छन् । सल्लाहाकारमा पोखरा गण्डकीका पूर्व अध्यक्ष विमला श्रेष्ठ र पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष सोनाम स्याङ्पो छन् ।

महाधिवेशन माघ २९ गते पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशन सफल पार्न विभिन्न ४९ विभिन्न उपसमिति बनाइएको छ ।
पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने मूल आयोजक समितिका संयोजक डम्बरसिं गुरुङले जानकारी दिए । देशभरबाट लायन्स पोखरा आउने हुदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याउने र पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने उनले बताए ।

हाल नेपालमा कायम रहेका ४ डिस्ट्रिक्टमा सन् २०२२ पछि १५ वटा डिस्ट्रिक्ट हुनेछन् । मल्टीपल डिस्ट्रिक्ट ३२५ नेपालमा ए वान, ए टु, बि वान र बि टु कायम थिए । यस दशौं महाधिवेशनबाट डिस्ट्रिक्ट ३२५ बि १ नेपालमा ५ वटा डिस्ट्रिक्ट हुनेछन् । जस्मा डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एम हुने मूल आयोजक समितिका सदस्य सचिव मधुसुदन कोइरालाले जानकारी गराए ।