समाचार

प्रभु पे एपबाट घरमै बसेर पोखरा महोत्सवको टिकट लिन पाइने

पोखरा, २१ पुष/ एघारौ पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा युनाईटेड क्लवको आयोजनामा हुने ११ औ संस्करणको पोखरा महोत्सवको टिकट घरबाटै काटेर महोत्सव स्थल पुग्न सक्नेछन । जसका लागी महोत्सव आयोजक संस्था युनाईटेड क्लवका सदस्य तथा महोत्सव टिकट ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठ र डिजिटल अनलाईन टिकेटिङ पार्टनर प्रभु टेक्नोलोजीका जनरल म्यानेजर बिक्की शाही बीच… पुरा पढौ

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन कास्कीमा लोकेन्द्र

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्कीको शनिबार भएको जिल्ला सम्मेलनबाट लोकेन्द्र राईको अध्यक्षतामा नयाँ कमिटी चुनिएको छ । महासंघ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन हो । २५ सदस्यीय समितिको सचिवमा बलाराम लोप्चन र कोषाध्यक्षमा जुना राई छन् । जिल्ला संयोजक लेखनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कास्की इन्चार्ज उमा भुजेल शिलु, ट्रेड युनियन महासंघका केन्द्र्रीय महासचिव श्याम सेन्चुरी, प्रकाश मल्ल, जिल्ला सचिव गोकुल पराजुली, काजी गुरूङ लगायतले… पुरा पढौ

प्रभाको फिलिंगोमाथि पोखरामा अन्तक्र्रिया

आख्यानकार प्रभा बरालको उपन्यास ‘फिलिंगो’ माथि पोखरामा अन्तक्र्रिया गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवं विचार प्रस्तुत गरियो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले बराललाई वर्तमान समयकी सिर्जनशलि र नयाँ लेखकको रुपमा अथ्र्याए । आख्यान लेखनको एक शताब्दी बितिसक्दा पनि आख्यान विधामा नारी हस्ताक्षरको कमी अनुभव भइरहेको उनले सुनाए । लामो धैर्य र गहिरो चिन्तनले मात्रै सफल हुन सकिने… पुरा पढौ

काँस फुल्ने बगरमा स्काई साइक्लिङ

कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् । पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्रिम संरचनामा रम्नेहरूको कमी छैन । यस्तै, विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङको अर्कै मज्जा… पुरा पढौ

खाँटी किसान रित्तो हात, कागज मिलाउनेलाई अनुदान !

संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिएका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा समिति सदस्य हरिराम चौधरीले अनुदानका नाममा राज्यको ढुकुटीको ठूलो हिस्सा अपचलन भएकाले कृषि अनुदान कार्यक्रम स्थगित गर्न सुझाव दिए ।… पुरा पढौ

माघबाट तेस्रो मात्रा खोप, क कसले पाउँछन् ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपंक्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको थप १ अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको छ । मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए । उनले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत… पुरा पढौ

टाइगर कप च्याम्पियनलाई ३ लाख

पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप पोखराले शनिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हा । यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताको सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइयो । प्रतियोगिताले नेपालको राष्ट्रिय खेल… पुरा पढौ

सुजन पुन बने आर्चरी च्याम्पियन

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनी म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजारमा चित्त बुझाए । पुन पहिलो दिनको ¥याङकिङ राउन्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका थिए । नकाउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः च्याम्पियन बन्न सफल भए । कास्की… पुरा पढौ

मर्दि हिमालमा समर स्की महोत्सव हुने

पछिल्लो समय लोकप्रिय गन्तव्यको रुपमा विकसित हुँदै गईरहेको मर्दि हिमालमा समर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक सँस्थाको आयोजनामा मर्दि हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक सँस्थाका सदस्य प्रभात अधिकारीका अनुसार यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको हो ।नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अधिकारीले बताए । यो महोत्सवलाई ग्रेट हिमालयन… पुरा पढौ

एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो-प्रचण्ड

आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरूले टाउको उठाइरहेका छन् । विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं